एउटा बुथमा ७७ मात्रै मतदाता !


५ मंसिर २०७४, मंगलवार
chunab 1

काठमाडाैं : अासन्न प्रतिनिधि तथा प्रदेशसभा चुनावमा गोरखा जिलााको हिमालपारिको साम्दो आधारभुत विद्यालयमा मतदान केन्द्रमा जम्मा ७७ जना मतदाताले भोट हाल्दैछन् । चुमनुब्री गाउँपालिका १ म पर्ने साम्दो गाउँ नेपाल र तिब्बत सिमानाको अन्तिम गाउँ हो ।यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।chunab 1

त्यस्तै बौद्ध हिमाली आधारभुत विद्यालय मतदान केन्द्रमा पनि ७७ जना मतदानामा सहभागी हुँदैछन् ।

सो केन्द्र चुमनुब्री गाउँपालकिा ३ सिर्दिबासमा रहेको छ । त्यस्तै नाम्रुङगुम्बा मतदान केन्द्रमा जम्मा ७९ मतदाता रहेका छन् । प्रोकगुम्बा चुमनुब्री गाउँपालिका ४ प्रोकमा रहेको छ ।

त्यस्तै प्रोककै क्वाक गुम्बा मतदान केन्द्रमा ९१ जना र हिमालचुली आधारभुत विद्यालय छाक मतदान केन्द्रमा एक सय दुई जना मतदाता छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७