क्यानडा टोरन्टो तेक्वान्दोमा नेपालकी यानकुमारीलाई स्वर्ण
काठमाडौँ: क्यानडामा भएको टोरन्टो खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी यानकुमारी चौलागाईंले सोमबार स्वर्ण पदक जितेकी छिन् ।
क्यानडास्थित टोरन्टो शहरमा भएको ५७ केजी तौल समूहको फाइनल खेलमा यानकुमारीले क्यानडाकी खेलाडी लौजन लौरिनलाई हराउँदै स्वर्णपदक हात पारेकी हुन् । त्यसअघि बाइ पाउँदै यानकुमारी फाइनलमा प्रवेश गरेकी थिइन् ।
नेपालबाट भाग लिने अन्य दुई महिला खेलाडी भने पदकविहीन रहे । टोरन्टोस्थित भेराइटी भिलेज एथलेटिक सेन्टरमा भएको खेलमा ज्ञानी चुनरा र रेजिना कार्की पहिलो चरणमै पराजित भए ।
महिला ४९ केजीमा रेजिना ९क्यानाडा० तथा ६२ केजी मुनि ज्ञानी ९क्युवा०का खेलाडीसँग पराजित भएका हुन् । उक्त च्याम्पियनसिपमा करिब एक हजार १७५ खेलाडीले प्रतिस्पर्धा गरेका राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जानकारी दिएको छ ।