मंसिर दोस्रो साता आठौँ राष्ट्रिय खेलकुद गर्ने लक्ष्य


४ मंसिर २०७४, सोमबार
keshab bista 1

नेपालगन्ज: राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले अपाङ्गता भएका, विद्यालयका छात्रछात्रा र महिलाहरूमा खेलकुदप्रति अभिरुचि जगाउने काम परिषद्ले गरिरहेको बताएको छ ।keshab bista 1

आगामी वर्ष नेपालगन्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि भइरहेको भौतिक पूर्वाधार निर्माण कार्यको अनुगमन गर्न सोमबार यहाँ आएका सदस्य सचिव विष्टले भने-‘ठ्याक्कै मिति नै तोकर अहिले भन्न नसकिए पनि मंसिरको दोस्रो साता आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुनेछ ।”

“हामीलाई अहिले १३ र्आँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता र राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको चटारो छ, त्यसका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्छ, तर हामी तोकिएको समयमा दुवै खेल प्रतियोगिता सञ्चालन गरेरै छाड्छौं” -उनले भने ।

सदस्य सचिव विष्टले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि भौतिक पूर्वाधार निर्माणमा रु एक अर्ब २४ करोड र खेल सञ्चालनका लागि रु ३५ करोड गरी अनुमानित एक रु अर्ब ५९ करोड खर्च हुने आकलन गरिएको सो अवसरमा जानकारी दिए ।

कूल ३५ खेल खेलाइने राष्ट्रिय खेलकुद प्रतियोगिताको २५ खेल बाँके नेपालगन्जमा, १० खेल बर्दियामा र पाँच खेल दाङमा सञ्चालन हुने पनि उनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७