चन्द्रमामा बच्चा पाउने चाहना अब पूरा हुँदैछ


४ मंसिर २०७४, सोमबार
download

एजेन्सी: विज्ञान जगतमा हरेक दिन केही न केही नयाँ कुराको आविष्कार भैरहेको हुन्छ । यसपटक वैज्ञानिकहरुले यस्तो विषय आविष्कार गरेका छन् जसले मानव इतिहास र सभ्यतामा नयाँ मोड खडा गरिदिनेछ ।download

वैज्ञानिकहरुले चन्द्रमामा बच्चा जन्माउने नयाँ योजना तय गरेका छन् । चन्द्रमामा समेत मानिसको शुक्रकिट संग्रह गरी चन्द्रमामै बच्चा पैदा गर्ने योजना उनीहरुको छ ।

यहीँ क्रममा जापानी वैज्ञानिकहरुले अन्तरीक्षको वातावरणका संग्रहित गरिएको मुसाको शुक्रकिटबाट स्वस्थ मुसा पैदा गर्न सफल भएका छन् ।यसबाट वैज्ञानिकहरुले पृथ्वी भन्दा बाहिर पनि शुक्रकिटको प्रयोग सम्भव रहेको र अन्तरीक्ष वा बाहिरी ग्रह उपग्रहमा समेत शुक्रकिटलाई जिवित राख्न सकिने कुरा अनुसन्धानबाट पुष्टि भएको छ ।

अन्तरीक्षमा रहेको स्पेश स्टेसनमा उच्च विकिरण हुन्छ र पृथ्वीमा भन्दा त्यस्तो विकिरण एकसय गुणा बढी हुन्छ । त्यस्तो शुक्रकिट जस्ता संवेदनशील कोषिकाहरुमा गम्भीर असर पर्ने जोखिम रहन्छ ।जापानी वैज्ञानिकहरुले चाहीँ मुसाको ड्राइ शुक्रकिटको नमूनालाई स्टेशनमा ९ महिनासम्म सुरक्षित साथ प्रिmज गरेर राखे र त्यसपछि पृथ्वीमा ल्याएर एक खास तापमानमा राखे ।

उक्त शुक्रकिट एक पोथी मुसामा कृत्रिम गर्भाधान गराएर मुसाका स्वस्थ बच्चाहरु जन्माइयो । यसबाट अब अन्तरीक्षणमा समेत गर्भाधान र बच्चा जन्माउनको कार्य सम्भव रहेको प्रमाणित भएको वैज्ञानिकहरुले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७