प्रकाश दाहाल प्रतिकाे श्रद्धासुमनले भरियो वाम गठबन्धनको चुनावी सभा


४ मंसिर २०७४, सोमबार
kerabari cpn uml and moist election program

केराबारी : निकै उत्साहका साथ आइतबार वामपन्थी दलका शीर्ष नेताहरूले एउटै मंञ्चबाट भाषण गरेको हेर्न नेताहरू  लालयित थिए । चुनावी प्रचार प्रसारको देश दौडाहामा रहेका केपी ओली र प्रचण्डद्धारा आइवतार मोरङको विराटचोकमा आयोजित संयुक्त सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो ।  झन्डै ५० वर्षपछि कम्युनिष्टहरु एक भएको खुसी सँगै गाली र आलोचनाले भरिने विगतको भन्दा अलि फरक थियो चुनावी सभा ।

kerabari cpn uml and moist election program
तस्बिर : खनेन्द्र कुमार रार्इ (अर्जुन) ।

दुवै शीर्ष नेताले के बोल्लान भनेर नेताको भाषण सुन्न पाटी, सिंहदेवी, वारङी, रमिते जस्ता दुर्गम पहाडी तथा मोरङको दक्षिणपुर्वी गाउँपालिकाहरुबाट हजारौँको सङ्ख्यामा वाम समर्थकहरु चुनावी सभामा उपस्थित थिए । कार्यक्रम स्थलमा कलाकारहरूले वामपन्थी चुनावी गीतहरू सहित सास्कृतिक कार्यक्रम गरेर हौसला दिइरहेका थिए ।
दिउँसो अबेर साढे तिन बजेतिर केपी ओली र राम कार्की कार्यक्रममा उपस्थित भए । अफसोच वाम गठबन्धनका एक मुख्य सहयात्री नेता कार्यक्रममा उपस्थित नहुदा माओवादीका कतिपय नेता कार्यकर्ताहरू खिन्न देखिन्थे । माओवादी जनयुद्धका होनहार एक युवा नेता प्रचण्ड पुत्र प्रकाश दाहालको मृत्युको खबर जब कार्यक्रम संञ्चालकले औपचारिक रूपमा घोषण गरे ।
मृत्युको खबर नपाउने सयौँ मानिसहरू एकाएक भावविह्वल बने । कार्यक्रम स्थलमा एकाएक सन्नाटा छायो । उपस्थित शीर्ष नेताहरूको भाषणमा जति ताली बजेन् । चुनावी सभामा बोल्ने वक्ताको भाषण नै श्रद्धासुमनले भरियो । कार्यक्रमस्थल शोकमग्न बन्यो ।
गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न पूर्व आएका प्रचण्ड र केपी ओलीले शनिवार झापाको चुनावी सभालाई सम्बोधन गरेका थिए । आइतबार विराटचोकको सभामा उपस्थित हुने कार्यक्रम थियो । अफसोच आइतबार बिहान सबेरै प्रचण्डको मोबाइलमा फोन आयो पुत्र प्रकाश दाहालको ह्रदयघातबाट मृत्यु समाचार आयो । प्रचण्ड भावविह्वल बने उनले सम्बोधन गर्न लागेको चुनावी सभाको कार्यक्रममा राम कार्कीलाई उपस्थित हुन आग्रह गरी प्रचण्ड काठमाडौँ फर्किए ।
नेकपा माओवादीका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समितिका सदस्य समेत रहेका पूर्व संञ्चारमन्त्री राम कार्कीले कार्यक्रमस्थलबाट श्रद्धाभावपुर्ण श्रद्धाञ्जली ब्यक्त गरे ।
नेकपा एमालेका केपी शर्मा ओलीले पनि प्रचण्ड पुत्रको निधनले सिङ्गो वामपन्थी चुनावी अभियानमा लागेका सम्पूर्ण देशभरका कार्यकर्ताहरू मर्माहत भएको बताउँदै शोकमा डुबेका प्रचण्डको परिवारलाई समवेदना प्रकट गरे । प्रचण्ड पुत्रको निधनप्रति गहिरो दुख व्यक्त गर्दै १ घण्टा देशभर शोकसभाका लागि चुनावी कार्यक्रम स्थगन गरेको उनले बताए । दिउँसो २ देखि ३ बजे एक घण्टा प्रकाश दाहालको शोक सभाका समय छुट्याइएको कारण कार्यक्रम ढिला सुरु भएको थियो । कार्यकर्तामा जुन जोस जागर हुनुपर्ने त्यो नदेखिदा कार्यक्रमस्थल नै श्रद्धासुमनले भरिएको थियो ।

kerabari cpn uml and moist election program1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७