राष्ट्रपतिले प्रचण्डलाई निवासमै पुगेर समवेदना व्यक्त गरिन्


३ मंसिर २०७४, आईतवार
Presedent Bidya Devi Bhandari

काठमाडौं : राष्ट्रपति विद्या भण्डारीले पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेकी छन् । झापाबाट छोराको निधनको खबर पाए लगतै हेलिकोप्टरबाट काठमाडौं आएका प्रचण्डलाई भेट्न राष्ट्रपति आफैं लाजिम्पाट पुगेकी थिइन् ।Presedent Bidya Devi Bhandari

उनी अस्पताल नगई निवास पुगेका थिए । उनले प्रचण्डका सुपुत्र तथा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य दाहालको आकस्मिक तथा असामयिक निधन भएकामा दुःख व्यक्त गरिन् ।
यस्तै राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माको नेतृत्वमा सचिवालयका पदाधिकारीहरुको एक समूहले माओवादी केन्द्र मुख्यालय, पेरिसडाँडामा अध्यक्ष प्रचण्डसँग भेट गरी राष्ट्रपतिका तर्फबाट दुःख प्रकट गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट ग¥यो ।

समूहले स्व दाहालको पार्थिव शरीरमा श्रद्धाञ्जलि प्रकट ग¥यो । समूहमा राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ डा मदनकुमार भट्टराई, राजनीतिक विज्ञ सुशील प्याकुरेल तथा राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७