प्रचण्ड आफैँले दिए छोरालाई दागवती


३ मंसिर २०७४, आईतवार
prakashqw

काठमाडौं: प्रकाश दाहालको पार्थिव शरीरमा बुबा  प्रचण्डले दागवती दिएका छन् । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

prakashqw

त्यसअघि एमाले नेता माधवकुमार नेपाल, नयाँ शक्तिका डा. बाबुराम भट्टराई, माओवादीका नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले प्रकाशलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए । उनको शवलाई केही समय अगाडी पेरिसडाँडास्थित पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । त्यपछि अन्यष्ठिको लागि पशुपति ल्याइएको हो ।
प्रकाश दाहाल हृदयाघातका कारण आइतबार बिहान करिब ६ बजे निधन भएको थियो । उनी माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य समेत रहेका थियो । उनको आमाले घरमै अचेत अवस्थामा भेटिएका उनलाई नर्भिक अस्पताल लगिएको थियो तर, चिकित्सकहरुले मृत घोषणा गरे ।
चुनावी कार्यक्रम अन्तर्गत झापामा रहेका पिता काठमाडौं फर्किएर नर्भिक अस्पताल पुगेपछि मात्रै उनको निधनको खबर औपचारिक रुपमा माओवादी केन्द्र र अस्पतालले गरेको थियो । त्यसपछि उनको पार्थिव शरिरलाई दिउँसो १:३० बजेदेखि ३:३० बजेसम्म श्रद्धान्जलीका लागि पार्टी कार्यालय पेरिस डाँडामा राखिएको थियो ।
पार्टी कार्यालयमा अध्यक्ष तथा पिता पुष्पकमल दाहालले भावुक हुँदै उनको शवमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली दिएका थिए । त्यसपछि पार्टीका अन्य नेता तथा विभिन्न पार्टीका शीर्ष नेतासहित माओवादी कार्यकर्ता तथा सर्वसाधारणले उनलाई श्रद्धान्जली अर्पण गरेका थिए ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७