तामाकोशी जलविद्युतकाे सुरुङ ‘ब्रेक थ्रु’  


३ मंसिर २०७४, आईतवार
tamakoshi break 1

दोलखा : स्वदेशी लगानीमा दोलखामा निमार्ण भइरहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सुरुङको आज ‘ब्रेक थ्रु’ भएको छ । आयोजनाका लागि ८.२ किलोमिटरको मुख्य सुरुङ खन्ने काम सकिएकाले यसलाई ‘ब्रेक थ्रु’ भनिएको हो ।

tamakoshi break 1

 

सिभिलतर्फको काम करिब ९० प्रतिशत सकिएको आयोजनाले ‘ब्रेक थ्रु’ कार्यक्रममा जानकारी दिएको छ । ऊर्जा सचिव अनुपकुमार उपाध्यायको निर्देशनपछि आज बिहान ८.३० बजे सुरुङमा ब्रेक थ्रु’ भएको हो । असार मसान्तसम्ममा सिभिलको काम सकेर विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ । डिसेम्बर २०१८ देखि नियमित उत्पादन शुरु भए पनि सबै निर्माण सक्न थप ६ महिना लाग्नेछ ।
‘अव सिभिलतर्फको काम १० प्रतिशत मात्र बाँकी छ, इलेक्ट्रोमेकानिकलका लागि सामान आयोजनास्थलमा प¥याउने काम भइरहेको छ। खाडीचौरदेखि सिंगटीसम्मको प्रवेश मार्ग कालोपत्र सडक विभागले अगाडि बढाएको छ ।’,  आयोजना प्रमुख विज्ञान श्रेष्ठले  भने,’ ‘हेभी इक्विपमेन्ट’ आयोजना स्थलसम्म पु¥याउन कठीन भएको छ । अहिले विद्युत् गृह जडानको काम अगाडि बढेको छ । कंक्रिटको काम द्रूत गतिमा अघि बढाउन रातदिन काम भइरहेको छ ।’
अहिलेसम्मको काम विभिन्न ४ लटमा आयोजनाको निर्माण कार्य जारी छ । आयोजनाको पहिलो लट अन्तर्गतको मुख्य ठेकेदार कम्पनी चिनियाँ कम्पनी सिनो हाइड्रोले सिभिल निर्माण करीब ९५ प्रतिशत सम्पन्न गरेको छ ।
यस्तै दोश्रो लटको भारतीय टेस्टम्याको रेलवे इन्जिनियरिङ कम्पनीले आफूले जिम्मेवारी पाएको बाँधसम्बन्धी गेट राख्ने र पाइप जडानको कार्य करीब ८७ प्रतिशत पूरा गरिसकेको छ ।
उनकाअनुसार टर्वाइन र प्रसारणलाइन निर्माणको काम पनि जारी छ । प्रसारणलाइनका लागि ठड्याउनुपर्ने १४७ वटा पोलमध्ये १६ वटा मात्र बाँकी छन् ।
श्रेष्ठका अनुसार आयोजनाको लागत रु ३५ अर्ब ३० करोड छ ।  कर्मचारी सञ्चय कोषको रु १० अर्ब, नेपाल टेलिकमको रु ६ अर्ब, नागरिक लगानी कोषको रु दुई अर्ब र राष्ट्रिय बीमा संस्थानको रु दुई अर्ब लगानी छ । आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई दिनुपर्ने शेयर चुनावलगत्तै निष्कासनको तयारी गरेको छ । त्यसमा क, ख र ग वर्गमा विभाजन गरी जिल्लावासीलाई शेयर वितरण गरिनेछ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७