कांग्रेस नेता कार्की घरघरमा पुगेर भोट माग्दै


३ मंसिर २०७४, आईतवार
nabarpur

नवलपुर: दोस्रो चरणमा निर्वाचन हुने तराई जिल्ला नवलपुरमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य उमेदवार बिष्णु कार्की अहिले आम जनताको घर घरमा पुगेर नवलपुर नागरिकको  भोट मागीरहेको छ ।nabarpur

विगत चार बर्ष देखि नवलपुरका नागरिकको संबृघ्दिका लागी आफ्नो ब्यक्तिगत तथा सरकारी लगानीमा स्कुल स्वास्थ्य चौकी क्लब बाटोघाटो निर्माणमा सकृय युवा नेता कार्कीलाई उम्मेद्वारको रुपमा पाएर नवलपुरका आमजनाता हर्षित भएका छन् ।

उनले मध्यबिन्दु नगरपालिकामा रहेका जनतासँग भोट मागेको थियो । उनि जनताको घरदैलोमा पुग्दा जनताहरुले विकासप्रेमी नेता आएको भन्दै भव्य स्वागत गरिरहेका छन् ।
नवलपुरमा भौतिक पूर्वाधारको विकास पर्यटन प्रर्वधन स्थानीय रोजगारी सडक मार्गको निर्माण तथा व्यबस्थित संचालन जिल्लामा निर्माण हुने उधोग निर्माणमा नवलपुरका जनतालाई थप शेयरको व्यवस्था जस्ता मुद्दा हरूलाई उमेदवारले अगाडी बढाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७