दाहालको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि पेरिसडाँडामा राखिने


३ मंसिर २०७४, आईतवार
Prakash Dhal 1

काठमाडौं: दिवंगत प्रकाश दहालको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको कार्यालयमा राखिने भएको छ ।Prakash Dhal 1

प्रचण्ड पुत्र दाहालको आइतबार विहान असामहिक निधन भएको थियो । उनको शव अहिले नर्भिक अस्पतालमै छ ।झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड छोराको निधनको खबर पाए लगतै काठमाडौं आएका छन् ।

माओवादी प्रवक्ता पम्फा भुसालका अनुसार दाहालको शव अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको कार्यालयमा राखिनेछ ।प्रचण्ड भरतपुर महानगरपालिकाकी मेयर, छोरी रेणु दाहालसहित नर्भिक अस्पताल पुगेका हुन् । प्रचण्ड चुनावी कार्यक्रमका लागि झापामा थिए ।prachnda 2

पुत्र प्रकाशको निधन भएको खबर पाए लगत्तै प्रचण्ड चुनावी कार्यक्रम छोडेर फर्किएका हुन् । प्रचण्ड अस्पताल पुगेसँगै प्रकाशको निधन बारे पत्रकार सम्मेलनको तयारी गरिएको छ ।नर्भिक अस्पतालमा आफन्त र बिभिन्न राजनीतिक दलका नेताहरू समेत पुगिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७