बाबुरामले लेखे ‘प्रकाशको आकस्मिक निधनले स्तब्ध भएको छु’
काठमाडौं: नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले प्रकाश दाहालको आकस्मिक निधनप्रति दुःख व्यक्त गरेका छन् ।
‘प्रकाश दाहालको अल्पायुमै आकस्मिक निधनले स्तव्ध र मर्माहत भएको छु’, बाबुरामले ट्वीटरमा भनेका छन्,
पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सीता दाहालका पुत्र प्रकाशको आकस्मिक निधनले मर्माहत भएको बाबुरामले बताएका हुन्। ‘मृतकप्रति हार्दिक श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा गहीरो समवेदना प्रकट गर्दछु ।’