२१ वर्षीय मानुषी बनिन् मिस वर्ल्ड २०१७


२ मंसिर २०७४, शनिबार
ms world 2017 9 BE321B71D55D41C4B787142D7CFA6300

काठमाडौं: यस बर्षको ‘मिस वल्र्ड २०१७’को उपाधि भारतकी मानुषी छिल्लरले जितेकी छिन् । उनले विश्वभरबाट आएका ११७ देशका सुन्दरीलाई हराउँदै भारतकी सुन्दरीले यो ताज जितेकी हुन् । अन्तिम ५ मा पुगेकी मानुषीले दिएको जवाफले नै उनलाई विश्व सुन्दरी बनाउन सफल भएको छ ।ms world 2017 9 BE321B71D55D41C4B787142D7CFA6300

चीनमा आयोजना भएको ‘मिस वल्र्ड २०१७’को उपाधि जितेसँगै उनका आँखाबाट आँशु झरेका थिए । ६७ औं मिस वल्र्डको उपाधि मानुषीले जित्दै गर्दा फस्ट रनरअपको उपाधि भने मेक्सिकोकी सुन्दरी एन्ड्रेया मेजाले जितिन् । यस्तै, सेकेन्ड रनरअपको उपाधि वेलायतकी स्टेफेनिया हिलले जितिन् ।
नेपालकी सुन्दरी निकिता चन्दक भने उत्कृष्ट ४० मा पर्न सफल भइन् । उनी, पपलुर विधाको उत्कृष्ट १० मा पनि पर्न सफल भएकी थिइन् । मानुषीको जन्म सन् १९९७ मे महिनाको १४ तारिखमा भएको हो । हरियणाकी मनुषीले यो बर्षको ‘फेमिना मिस इन्डिया’को उपाधि जितेकी थिइन् ।विश्वभरका १०८ जना प्रतिस्पर्धीलाई हराउने २१ वर्षीय मानुषी हरियाणाकी हुन्।
भारतले १७ वर्षपछि मिस वर्ल्डको उपाधि जितेको हो। सन् २००२ मा अभिनेत्री प्रियंका चोपडापछि कोही भारतीयले मिस वर्ल्डको ताज पहिरिएका थिएनन्।भारतबाट सन् १९९७ मा डायना हेडन, १९९४ मा ऐश्वर्य राय र १९९९ मा युक्ता मुखी मिस वर्ल्ड भएका छन्।
यस वर्षको मिस वर्ल्डमा नेपालका तर्फबाट निकिता चाण्डक प्रतिस्पर्धामा थिइन्। उनी उत्कृष्ट ४० मा पर्न सफल भएकी थिइन्।शनिबार चीनको सनायामा आयोजित फाइनल कार्यक्रममा मानुषीलाई मिस वर्ल्ड विजेता घोषित गरिएको हो।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७