भोजपुरमा वम विस्पोट पछि दोहोरो भिडन्त, युवा संघका नेतासहित दुर्इ प्रहरी घाइते


२ मंसिर २०७४, शनिबार
bhojpur

भोजपुर: षडानन्द नगरपालिका–१३ तिनतले नजिकैको भीरथाप्लोमा बम विस्फोट भएको छ । बम विस्फोटमा चुनावी सभा सकेर फर्कदै गरेका युवा सङ्घका सचिवालय सदस्य विक्रम राईसहित दुर्इ जना प्रहरी घाइते भएका छन् । राईको टाउकोमा चोट लागेको छ । षडानन्द नगरपालिका १३ वोयाको भिरथाप्लो भन्ने ठाउँमा राखेको टाइम बम हटाउने क्रममा दोहोरो भिडन्त भएको हो । टाइमबम समेत पड्किएको हाे । टाइम वमको छर्रा लागेर प्रहरी सहित तीन जना घाइते भएका छन् ।bhojpur

घाइते हुनेमा षडानन्द नगरपालिकाको दिंला बजारमा रहेको चुनावि सभामा सहभागि भएर फर्किएका एमाले कार्यकर्ता विक्रम राई रहेका छन् । ट्याम्के मैयुङ गाउँपालिका ७ कोटका विक्रम राई रहेका छन । उनको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । बमको छर्राले उनको टाउको र खुट्टामा चोट लागेको हो । बमको छर्रा लागेर असई उमेस मेहेता र देवनारायण चौधरी घाइते भएका छन् ।

विहान उत्त स्थानमा दुई जना युवाले बम राखेक थिए । मब राख्दै गरेको स्थानिय युवाले देखेपछि अरुलाई खवर गरेका थिए । खवर पछि नजिकै रहेको सुन्तले प्रहरी चौकिको प्रहरी घट्ना स्थल पुगेका थिए । प्रहरीले सवारीलाई रोकेर सुरक्षा दिइरहेको बेलामा अकास्मात बम पड्कीएको थियो । मब पड्कीएपछि बम राख्ने समुहले वाटो माथिबाट गोलि समेत चलाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख गित नारायण चौधरीले बताए । प्रहरीले जवाफि फायरमा १९ राउन्ड गोलि चलेको थियो । बम राख्ने र गोलि हान्ने समुहको खोजि भैरहेको प्रहरीले जनाएको छ ।bhojpur 3

यस्तै वाम गठबन्धनको कार्यक्रम भइरहेको स्थानमा पनि वम प्रहार भएको छ । साल्पा सिलोचो गाउँपालिका २ कुलुङ्ग भैरहेको सभामा वम प्रहार भएको हो । कार्यक्रम स्थल भन्दा ५० मिटर पर सुत्ली बम प्रहार भएको हो । वम प्रहार भएपछि तितर वितर भएको थियो । सुत्लीबम प्रहार हुदा वाम गठबन्धनका भोजपुर प्रदेश (क) उम्मेदवार राजेन्द्रकुमार राईले सम्वोधन गरिरहेका थिए ।bhojpr hjaote 2

 घाइते भएका युवा संघका नेता विक्रम राईलाई थप उपचारका लागि धरान लगिएको छ । भोजपुर अस्पतालमा उपचार सम्भव नभएपछि राईलाई धरान लगिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७