प्रियंका चोपडाको फिल्ममा भोजपुरी स्टारसँग जेनिसा केसी


२ मंसिर २०७४, शनिबार
jenisha kc

काठमाडौं: लामो समय देखी नेपाली फिल्ममा देखा नपरेकी जेनिसा केसी अब भोजपुरी फिल्ममा देखिने भएकी छिन् ।
बलिउड चर्चित नायिका प्रियंका चोपडाले निर्माण गरेकी भोजपुरी फिल्म ‘काशी अमरनाथ’मा देखिने छिन् ।

jenisha kc
यो फिल्ममा भोजपुरी स्टार रवि किसान , दिनेश लाल यादव र आम्रपाली दुबेको मुख्य भूमिका छ । हालैमा काशी अमरनाथको आइटम गीत सार्वजनिक भएको छ, जसमा नायिका जेनिशा र रवि फिचरिङ छ । उनी केही वर्षदेखि भारतमा बसेर बलिउड फिल्ममा प्रवेश गर्नको लागि प्रयास गरिरहेकी थिइन् । नेपाली फिल्ममा केही हिट फिल्म दिएकी केसी अब भोजपुरी हुँदै बलिउडमा प्रवेश गर्ने सोचमा छिन् ।
पर्पल पेबल पिक्चर्स र रोज क्वार्ज इन्टरटेन्मेन्टमा निर्माण गरेको पिल्मको गीतको भिडियोमा जेनिशाले कामुक नृत्य प्रस्तुत गरेकी छिन् । गीतमा मात्र हुन् वा फिल्ममा पनि जेनिशाको मुख्य भूमिका छ त्यो भने निर्माण पक्षले खुलाएको छैन । सन्तोष मिश्राले निर्देशन गरेको फिल्मको निर्मातामा प्रियंका चोपडा, सिद्धार्थ चोपडा र डा. नेहा शन्दिल्या रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७