रामचन्द्र पौडेललाई लक्षित गरि तनहुँमा वम प्रहार


२ मंसिर २०७४, शनिबार
ram chandra paudel 1

काठमाडौं : नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी बम प्रहार गरेको छ ।गोरखाको पालुङटारमा भएको आमसभालाई सम्बोधन गरी लमजुङको बेंसीसहरतर्फ कार्यक्रममा सहभागी हुन जाने क्रममा नेता पौडेललाई लक्षित गरी तनहुँको भानु–१० नेपाल डाँडामा प्रेसर कुकुर वम प्रहार भएको हो ।

ram chandra paudel 1

वम प्रहारबाट पौडेल सवार पौडेल सवार बा१३च ३७४६ नम्बरको गाडीको सिसा फुटेको छ । पौडेल र उनीसंग रहेका टोलीका सदस्यहरु भने सुरक्षित छन् ।

उनी माथि शनिबार दिउँसो ३ बजेतिर बम प्रहार भएको हो । बम कस्तो प्रकारको हो भन्ने यकीन भने नभएको लमजुङका प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले बताए ।  लमजुङ र तनहुँका प्रहरी मिलेर घटनामा संलग्नको खोजी तीव्र पारेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७