ईश्वर पोखरेलका लागि भोट माग्दै दिनेश डिसी र निखिल उप्रेती


१ मंसिर २०७४, शुक्रबार
election

काठमाडौं: नेपाली केही कलाकारलाई मज्जैले चुनाव लागेका छन् । उनीहरू खुलेरै पार्टीका नेताहरूलाई भोट माग्दै हिँडेका छन् । त्यस्तै अहिले नायक निखिल उप्रेती र निर्देशक दिनेश डिसी पनि नेकपा (एमाले)का प्रभावशाली नेता ईश्वर पोखरेलका लागि भोट मागिरहेका छन् ।

election
वाम गठबन्धनबाट काठमाडौँ क्षेत्र नम्बर ५ मा उम्मेदवार बनेका पोखरेलका लागि निखिल उप्रेती र दिनेश डिसी खुलेर भोट मागिरहेका छन् । निखिले उप्रेदी यसअघि खुलेर कुनै पार्टीमा देखा भने परेको थिएन । अहिले भने उनी खुलेर मतदातका समामु पोखरेललाई भोट माग्दै हिँडिरहेका छन् ।
यसअघि पनि धेरै कलाकार राजनीतिक दलका आबद्ध भएका थिए । नेताहरूले दिएको आश्वासन पुरा नगरेपछि भड्किने गरेका छन् । केही कलाकारलाई कार्यकर्तालाई झैँ चुनाव लाग्दा केहीलाई भने चुनावको सरगर्मीले छोएका छैनन् ।
नायक निखिल उप्रेती भोट माग्नुमा मात्रै व्यस्त छैनन् । उनी आफ्नो नयाँ चलचित्र ‘पिजडा ब्याक एगेन’को प्रचारमा पनि हिडिरहेका हुन् । साथै, उनलाई अहिले चुनावले पनि मज्जैले छोएको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७