मेयर शाक्य हार्पिक र व्रस बोकेर सार्वजनिक शाैचालय पुगेपछि…


२ मंसिर २०७४, शनिबार
biday sundar sakya 1

काठमाडाैं : चुनावी प्रचारका क्रममा कोही उम्मेदवार धान काट्दै गरेको, कोही उम्मेदवार हलो जोत्दै गरेको त कोही उम्मेदवार खेतमै गएर कोदालो खन्दै गरेका तस्बिर सामजिक सञ्जालमा भाइरल बनेका छन् । कहिल्यै खेतमा नपसेका, हलोका बारेमा पनि राम्ररी जानकारी नपाएका उम्मेदवारहरुले समेत विना प्रसङ्ग चुनावी प्रचारकै लागि त्यस्ता तस्बिरहरू सामाजिक सञ्जालमा ‘पोस्ट’ गर्दा कतिपय दृश्य त नमिल्दा जस्ता पनि देखिन्थे ।तर, शनिवार भने अलिक फरक खालको दृश्य राजधानी र त्यसमा पनि विश्व सम्पदा सूचिमा परेका हनुमान ढोका, स्वयम्भूलगायतका स्थानमा देखियो ।

biday sundar sakya 1
शनिवार झुल्के घाँमसँगै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य मात्र होइन, एमाले उपाध्यक्ष एवं काठमाडौँ क्षेत्र नम्बर–८ की प्रदेश सभा ‘ख’ की उम्मेदवार अष्टलक्ष्मी शाक्य, क्षेत्र नम्बर–८ कै सङ्घ तर्फका उम्मेदवार जीवनराम श्रेष्ठ, प्रदेश सभा ‘क’का उम्मेदवार राजेश शाक्यलगायतका उम्मेदवार हातमा हार्पिक र ट्वाइलेट सफा गर्ने व्रस बोकेर सार्वजनिक सौचालय चाहार्दै हिड्दा त्यस आसपासका मतदाताले एकछि त केही अनौठो पनि माने ।
कुनै चलचित्रको छायाङ्कनको क्रम पो चलिरहेको त छैन भन्दै बाटो हिँड्ने समेत एक छिन टक्क उभिएर ती दृश्य अवलोकन समेत गर्दै थिए । त्यसैबेला मेयर शाक्यले ती सबै भ्रमलाई चिर्दै भने, ‘आज पाँचौ चर्पी दिवस हो । यही दिवसको अवसर पारेर हामीले सार्वजनिक सौचालय सफा राखौँ भनेर जागरण अभियान सञ्चालन गरेका हौँ ।’
उनले फेरि थपे,  ‘कतिपयले त चुनावी प्रचारका गरिएको ‘नाटक’ पनि भन्नाल् । तर, त्यस्तो होइन । सांस्कृतिक र पुरातात्वविक महत्वको यो सहरलाई सफा राख्नुपर्छ भन्ने सन्देश दिनका लागि पनि हामीले यो चर्पी दिवसको अवसर पारेर यसको थालनी गरेका हौँ ।
मेयर शाक्यसँगै चुनावी प्रचारमा रहेका जीवनरामले पनि चर्पी दिवसलाई रचनात्मक रूपमा मनाएको प्रतिक्रिया दिए । ‘काठमाडौँ क्षेत्र नम्बर–८ सम्पदाको भण्डार भएको क्षेत्र हो । यो क्षेत्रमा विश्व सम्पदा सूचीमा परेका वसन्तपुर दरबार र स्वयम्भू चैत्य छन्,’ उनले भने, ‘पर्यटकको समेत विशेष रोजाइका यी क्षेत्रमा पर्ने सार्वजनिक सौचालय सफा राख्नु पर्छ भनेर हामीले जागरण अभियान सुरु गरेका हौँ ।’
उनले यो अभियान निरन्तर चल्ने पनि जानकारी दिए। ‘राष्ट्रलाई समृद्ध बनाउने हो भने सबै भन्दा पहिला आफू बस्ने घर र क्षेत्रलाई सुन्दर बनाउनुपर्छ,’ उनले भने, ‘हामी वसन्तपुर र स्वयम्भू चैत्यलाई ‘हेरिटेज वाक’का रूपमा विकास गर्न चाहन्छौँ । यो त्यसैको थालनी पनि हो ।’ उनले त्यस क्षेत्रका ९ वटा शाैचालय सफा गरेको जानकारी दिए ।

biday sundar sakya

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७