अर्घाखाँचीका सन्तोष शर्मा कलाकारितामा छाउँदै


२ मंसिर २०७४, शनिबार
santosh sharma

अर्घाखाँची : जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं १० धर्मपानी जन्मिएका सन्तोष शर्मा गीत संगीतमा पछिल्लो समय निकै नै चर्चामा आएका छ्न। तीजको गीतबाट पाल्पाबाट अभिनय सुरु गरेका उनी म्युजिक भिडियो छायांकन गर्ने र निर्देशन समेत गर्ने गरिरहेको छन् । उनले अहिले दुई दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

santosh sharma

शर्माको कलाकारिता यात्राको आफ्नै दुःख कथा छ । भिडियो छायांकन क्रममा कैयौँ पटक भोकभोकै काम गरेको उनी बताउँछन । उनलाई अहिले जिल्लामा हुने जुनसुकै कार्यक्रममा पनि उनको माग छ।
राष्ट्रिय स्तरका लोक गायक मोहित मुनाल , बिन्तीराज पुन्ठुकी ,तेजेन्द्र ,दर्पर्ण ,राजन बिक ,विष्णु बराल लगायतका लोक संगीत स्रष्टासँग सफल सहकार्य गरी सकेका शर्माले विगत एक वर्ष यता आफ्नै शौगात फिल्मस प्रा.लिई. नामक कम्पनी खोली जिल्लाकै उत्कृष्ट भिडियो छायांकन गर्दे आएका छन् ।
शर्माले अर्घाखाँची जिल्लाको सन्धिखर्क बजारमा म्युजिक भिडियो निर्माणका लागि आफ्नै सौगात फिल्मस प्रा.लिई. पनि संचालन गरेदेखि सोही कम्पनीबाट समेत गीत बजारमा ल्यार्इरहेका छन्  । उनले आफ्नो खुबिले भ्याएसम्म म्युजिक भिडियो छायांकन गर्दा उत्कृष्ट भिडियो बनाइदिने र कम लगानीमा छायांकन गरिदिने गरेकाे उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७