बाजागाजासहित रातात्मे उम्मेदवार


२ मंसिर २०७४, शनिबार
lalittpur bam

ललितपुर : गोदावरी क्षेत्रमा रहेका स्थानिय पहरी जातिको जात्रामा प्रयोग हुने बाजागाजाका उम्मेदवारहरुसँग हिड्दा खुसी मानिरहेका देखिन्छन् । स्थानियवासी रामकृष्ण पहरी, तिर्थ बहादुर पहरीको टिम गठबन्धनका तर्फबाट ललितपुरका उम्मेदवारहरु नवराज सिल्वाल र लालकुमारी पुन (शुसिला) सँगै ढ्यांग्रे बाजा बजाउदै घरदैलोमा पुग्दा हरेक सडकबाटो वरपर रहेका सबै घरबाट आत्मिय स्वागत पाइरहेका छन् ।

lalittpur bam
ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधी सभाका उम्मेदवार नवराज सिल्वाल जहाँ पुग्छन्, त्यहाँ फुल र अविरले रंगिन्छन् । नवराज सिल्वाल भन्छन्,’म आफु यसै क्षेत्रको स्थानिय भएको तथा बाम गठबन्धनप्रति आशा रहेको छ । ललितपुर १ मा म, शुसिला र चेतनाथ जी लाई मत जाहेर गर्न यहाँका जनता ब्यग्र प्रतिक्षा रहेका छन् । हामी हामीलाई माया गर्ने जनतालाई सधै शिरमा राख्छौं उनीहरुलाई समस्या हुन दिदैनौं’
गोदावरी क्षेत्र पुग्दा हजारौ स्थानिय बासी र सुभचिन्तक नवराज सिल्वाल शुसिला जिताऔं नाराका साथ परिक्रममा ब्यस्त देखिएका थिए । ललितपुर १ क प्रदेश सभाकी उम्मेदवार शुसिला भन्छिन्,’यस्तो आत्मियता, हार्दिकता र शुभेच्छा हामी हौसिएका छौं । हाम्रो जित र सुन्दर भविष्यका लागि जनताहरु उत्साहित छन् ।’
ललितपुर १ ख प्रदेश सभाका उम्मेदवार चेतनाथ सञ्जेल नवराज सिल्वालसँगै घर दैलोमा पुग्छन् । उनी पुग्दा घरबेटीहरुहरु जितको आशिर्वाद पाउँछन् । उम्मेदवार चेतनाथ सञ्जेल भन्छन्, ‘हामीलाई बृद्धबृद्धाको आशिर्वाद छ, युवाको विश्वास छ । हामी चुनावका लागि मात्र होइन, जनताका लागि लडेका हौं । त्यसैले हाम्रो जित हुनेमा हामी ढुक्क छौं।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७