कडा सुरक्षा व्यवस्था मिलाउन सरकारलाई निर्वाचन आयोगकाे आग्रह


२ मंसिर २०७४, शनिबार
nirbachan aayoga

काठमाडौं : निर्वाचन आयोगले निर्वाचनका गतिविधिमा असर पर्ने गरी केही स्थानमा भएको हिंसात्मक घटना प्रति दुःख व्यक्त गरेको छ । आयोगले मंसिर १ गते राजनीतिक दल, उम्मेदवार तथा मतदाताहरुको व्यापक सहभागितामा मुलुकभरी व्यवस्थित रूपमा निर्वाचनको अभियान सञ्चालन भइरँहदा उम्मेदवार तथा मतदाताहरुलाई हतोत्साहित गर्ने एवं निर्वाचनका गतिविधिमा नकारात्मक असर पर्ने गरी उम्मेदवार लक्षित हिंसात्मक घटना घटाइएको प्रति दुःख व्यक्त गरेको हो । nirbachan aayoga
‘राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा तथा संस्थागत गर्न देश लोकतान्त्रिक निर्वाचन अभियानमा अग्रसर भएको बेला हिंसात्मक घटनाहरू भएकाप्रति आयोग दुःख व्यक्त गर्दछ’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
निर्वाचन विरोधी हिंसात्मक घटना नगर्न, नगराउन सम्बद्ध सरोकारवालाहरुलाई आयोगले निर्देशन समेत दिएको आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले बताए ।
आयोगले निर्वाचनका लागि नेपाल सरकारले बनाएको निर्वाचन सुरक्षा योजनाप्रति आयोग विश्वस्त रहेको भन्दै थप सुरक्षा सर्तकता अपनाउन समेत सरकारलाई आग्रह गरेको छ ।
उम्मेदवारहरूले शान्तिपूर्ण रूपमा प्रचार प्रसार गर्न पाउने अधिकार र मतदाताले भयरहित वातावरणमा मतदान गर्न पाउने नैसर्गिक अधिकारमा बाधा व्यवधानले आयोगलाई स्तब्ध तुल्याएको समेत विज्ञप्तिमा उल्लेख छ ।
साथै यस्ता गतिविधिबाट हतोत्साही नभई आफ्ना नियमित निर्वाचनसम्बन्धी क्रियाकलापमा संलग्न रहन सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, मतदाता एवम् निर्वाचनका सरोकारवालासँग आयोगले अनुरोध गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७