वाम गठबन्धनमाझ चर्चित कलाकार, कसले के भने ?


२ मंसिर २०७४, शनिबार
actor and madhav nepal

काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले यथास्थिति र परिवर्तनबाट मुलुकलाई अग्रगमनको बाटोमा अघि बढाउन वाम गठबन्धनको विजयी अपरिहार्य भएको बताएका छन् । actor and madhav nepal
मुलुकका वरिष्ठ सिनेकलाकारहरुसँग शुक्रवार काठमाडौमा भएको अन्तरक्रियामा नेता नेपालले नेपाली काँग्रेस यथास्थितिवादी, प्रतिगमनको मतियार र भ्रष्टाचारले वद्नाम पार्टी भएको आरोप लगाए । महेन्द्र र वीपीका पालामा बनेका उद्योग र कलकारखाना समेत काँग्रेसले समाप्त पारेको आरोप लगाए ।
‘राजनीतिक क्रान्तिको कार्यभार पूरा भएको छ,’ उनले भने, ‘अब विकास र आर्थिक समृद्धि हाम्रो कार्यभार हो ।’
उनले केही वाम विरोधीले अधिनायकवादको हल्ला फिजाए पनि अब देश विकास गर्ने कम्युनिस्टहरु नै भएको पनि दाबी गरे । ‘काँग्रेसले तीन पटक बहुमत ल्यायो तर, विकास निर्माणका सन्दर्भमा शून्य भयो,’ उनले भने, ‘पटक–पटक असफल भएको काँग्रेसले देश विकास गर्न सक्दैन । अब समृद्धिको सपना पूरा गर्न वाम गठबन्धलाई पूरा पाँच वर्ष सरकार चलाउनु दिनुपर्छ ।’
उनले कम्युनिस्टहरुले पहिलोचोटी बहुमत ल्याउने अवसर पाएको भन्दै अब बन्ने सरकारले आत्मनिर्भरमा जोड दिने बताए ।
सडक, रेलमार्ग, हवाईमार्ग, जडिबुटीलगायतमा आत्मनिर्भर भई पाँच वर्षमा नेपालको मुहार फेर्न सक्ने उनको भनाई थियो । ‘सरकारले देशलाई हरेक क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि वाम गठबन्धनले जित्न आवश्यक छ,’ उनले भने, ‘अहिले सर्वसाधारणमा वामगठबन्धनप्रति आकर्षण बढ्दै गएको छ । स्वच्छ र गतिशील प्रशासनका लागि वाम गठबन्धनको सरकार नै चाहिन्छ ।’
नेपालको स्वाभिमान उच्चो राख्दै वाम गठबन्धनले छिमेकीसँग पनि असल कूटनीति कायम गर्ने बताए । उनले वाम गठबन्धनले सरकार चलाएपछि ५ सय मेघावाटका १० वटा परियोजना लागू गर्ने, एक करोड पर्यटक नेपाल भित्र्याउने जस्ता काम सम्पन्न हुने पनि बताए । उनले नारायणहिटी संग्राहलयलाई इतिहासदेखि अहिलेसम्मको इतिहास भेटिने संग्राहलय निर्माण गर्ने पनि बताउनुभयो । ‘वाम सरकार मिशन र भिजनसहित अघि बढेको छ,’ उनले भने, ‘वाम सरकारका आएपछि जनताले रुन नपाउने होइन रुनु नपर्ने अवस्था आउँछ ।’
कार्यक्रममा एमाले नेता कृष्णगोपाल श्रेष्ठले वाम गठबन्धनको सरकार बनेपछि पहिलो क्याविनेट बैठकले नै काँग्रेस सरकारले गरेका गलत निर्णयहरू खारेजि गरिदिने चेतावनी दिए । उनले दुईतिहाई बहुमतसहितको सरकार बाम गठबन्धनले बनाउने पनि दाबी गरे । ‘वाम एकता कम्युनिष्टहरुका लागि कोशेढुंगा हो,’ उनले भने।
कार्यक्रममा नेता रामवीर मानन्धरले वामपन्थी सरकार बनेपछि कलाकारको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘मैले कलाकारको मर्मलाई बुझेको छु,’ उनले भने, ‘पहिला हामीलाई जिताएर पठाउनुहोला । तपार्इहरुको हितमा काम गर्ने दायित्व हाम्रो हो ।’
नेता केशव स्थापित र काठमाडौँ क्षेत्र नम्बर–७ क का वामपन्थीतर्फका उम्मेदवार डाक्टर अजयक्रान्ति शाक्यले पनि वाम सरकार जनताको सरकार हुने दाबी गरे ।
कार्यक्रममा कलाकारहरू अशोक शर्मा, केशव भट्टराई, निखिल उप्रेती, आकाश अधिकारी लगायतले बोलेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७