नेपाल एसिया कप क्रिकेटको सेमिफाइनलबाट बाहिरियो
काठमाडाैं : एसीसी यू-१९ एसिया कप क्रिकेटमा अफगानिस्तानसँग ७ विकेटको हार व्यहार्दै नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ । शुक्रबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले दिएकाे १ सय ४ रनको लक्ष्य अफगानिस्तानले २०.३ ओभरमा ३ विकेट गुमाएर पुरा गर्दे फाइनल प्रवेश गरे ।
अफगानिस्तानका लागि रहमनुल्लाह गुब्राज ७१ र इम्रान किल १८ रन बनाएका थिए । नेपालका लागि सन्दीप लामिछाने, पवन सराफ, कमलसिंह ऐरीले १-१ विकेट लिएका थिए।
यसअघि टस हारेपछि नेपालको ब्याटिङ सामान्य रहृयो । २ रन जोड्दा पहिलो विकेटका रुपमा आसिफ शेखलाई गुमाएको नेपालले थप ७ रन जोड्दा अर्का ओपनर जितेन्द्र सिंहलाई गुमायो । तेस्रो नम्बरमा आएका अनिलकुमार साहले क्रिजमा टिके पनि उनलाई साथ दिन कोही भएनन् ।
अनिलले कप्तान दिपेन्द्र सिंह ऐरीसँग तेस्रो विकेटका लागि २३ रनको साझेदारी गरे । तर, दिपेन्द्र व्यक्तिगत ६ रनमा आउट भए । रोहितकुमार पौडेल ४ रनमै आउट भए । पाचौं विकेटका लागि भीम सार्कीसँगै ३० रनको साझेदारी गरे । भीम पनि ६ रनमै आउट भए ।
अनिलसँग १४ रनको साझेदारी गरेका पवन शरार्फ ८ रनमा आउट भए । अनिल सातौं विकेटका रुपमा व्यक्तिगत ५० रन बनाएर आएट भए ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा मुजीब उर रहमान एक्लैले ६ विकेट लिए । अफगानिस्तानका मुजीब उर रहमानले ६ विकेट लिँदा कायस्थ अहमदले २ विकेट हात पारे । भीम सार्की र सन्दिप लामिछाने रनआउट भएका थिए ।
नेपालले समूह चरणमा बंगलादेशसँग सम्मानजनक प्रदर्शन गर्नुका साथै भारतलाई हराएको थियो । भने मलेसियालार्इ सानदार रूपमा पराजित गरेकाे थियाे ।
२०११ मा आायरल्याण्डमा भएको यू-१९ को ग्लोबल छनोटयता नेपालले अफगानिस्तानलाई हराउन सकेको छैन् । तीन महिनाअघि विश्वकप छनोटमा भएको दुबै भेटमा पनि नेपाल हारेको थियो । अफगानिस्तानले फाइनलमा पाकिस्तानको समाना गर्ने छ ।