रामशरण मतलाई लक्षित गरी बम प्रहार, ४ घाइते


१ मंसिर २०७४, शुक्रबार
ramsharan mahat रामशरण महत

काठमाडौं:  नेपाली काँग्रेसका प्रभावशाली नेता एवम् नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका डा. रामशरण महतलाई लक्षित गरी बम प्रहार भएको छ ।

ramsharan mahat रामशरण महत
शुक्रवार बिहान १० बजे तिर ककनी–५, काउलेथामा बम विस्फोट भएको हो । महतको चुनाव प्रचार टोलीलाई लक्षित गरी बम विस्फोट गराउँदा ४ जना घाइते भएकमा छन् । नुवाकोटको ककनीमा चुनाव प्रचारप्रसारका लागि हिँडेका काँग्रेसका कार्यकर्ता चढेको गाडी एम्वुसमा परेको छ ।
बा १६ च ६६५ नम्बरको गाडी एम्बुसमा पर्दा विद्यार्थी नेता उपेन्द्र मिश्र, सविन लामा, यशकुमार तामाङ र लीला घर्ती मगर घाइते भएका छन् । महत र प्रदेशसभाका उम्मेदवार रमेश महतसहितको प्रचार टोली ककनीबाट चतुरालेको कार्यक्रममा सहभागी हुन गएको थिए ।
नेता महतचढेको गडीभन्दा पछाडिको गाडी एम्बुसमा परेको बताइएको छ ।बम विस्फोट हुँदा छर्रा लाग्दा ४ जना कार्यकर्ता घाइते भएको नुवाकोट प्रहरीले जानकारी दिएको छ ।

nuwakot 2
बम विस्फोटमा परेको क्षति ग्रसत भएको गाडी

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७