रेखा थापा राणालाई भोट माग्दै नायिका पुगिन् माझीगाउँ


१ मंसिर २०७४, शुक्रबार
rekha thapa2

माझीगाउँ (सिन्धुपाल्चोक):  नायिका रेखा थापा बिहीबार साँगाचोक भीमटारस्थित पिछडिएका अल्पसंख्यक समुदाय माझीगाउँमा भेटिइन् ।rekha thapa2

उनले गाउँलेहरुसँग भलाकुसारी गरिन् । सन्चोबिसन्चो सोध्दै गाउँका दुखसुख सोधिन् । केटाकेटीसँग पढाइबारे जानकारी लिइन् ।

इन्द्रावती नदीको यो सुन्दर गाउँमा उनी फिल्म सुटिङका लागि भने आएकी थिइनन् ।केही समय फिल्मकर्म स्थगित गरेर उनी चुनावी अभियानमा यहाँ आइपुगेकी हुन् ।

उनी राप्रपा प्रजातान्त्रिककी सहमहामन्त्री पनि हुन् । पार्टी अध्यक्ष पशुपतिशमशेर राणा सिन्धुपाल्चोक २ बाट प्रतिनिधिसभा सदस्याको प्रतिस्पर्धामा छन् ।

त्यसैले नायिका थापालाई राणाको पक्षमा भोट माग्ने चटारो थपिएको हो । यो समचार नागरिकमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७