गोरखामा नारायणकाजीलाई लक्षित गरी बम विष्फोट


३० कार्तिक २०७४, बिहीबार
narayan kaji shresthaनारायणकाजी

गोरखा: माओेवादी केन्द्रका नेता एवम् गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणकाजी श्रेष्ठ लक्षित गरी सुतली बम विष्फोट भएको छ ।narayan kaji shresthaनारायणकाजी

गोरखा नगरपालिका–१० को सिर्दी खोला नजिक गाडीमा हिँड्दै गर्दा बम विष्फोट भएको हो । अहिले प्रहरीको टोली घटनास्थलमा पुगेको जनाइएको छ । घटनामा कुनै क्षति नभएको प्रहरीले जनाएको छ । यो भन्दा अगाडी माओेवादी केन्द्रका नेता वर्षमान पुन चढेको गाडीमा माइन बिस्फोट भएको थिया ।

नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा वाम गठबन्धनबाट भोजपुर क्षेत्र न.२ बाट प्रदेशसभा सदस्यका उम्मेदवार शेरधन राई चढेको गाडीमा बम प्रहारमाथि भएको थियो । शेरधन राई चढेको गाडीमा बम प्रहार हुँदा राईको सुरक्षा गार्डका असई डिल्ली देवकोटा घाइते भएका छन् । बम प्रहारपछि गोली हानिएको र राईको सुरक्षा गार्डले २१ राउन्ड जवाफी फाइरिङ्ग गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७