कांग्रेस दक्षिणपन्थीहरुको नाइके : सचिव आचार्य


३० कार्तिक २०७४, बिहीबार
vhim archaya

धरान:  नेकपा एमालेका सचिव भिम आचार्यले कांग्रेसले नेतृत्व गरेको गठबन्धन दक्षिणपन्थीहरुको ध्रुवीकरण भएकोले लोकतान्त्रिक नभई दक्षिणपन्थी गठबन्धन भएको आरोप लगाएका छन् ।vhim archaya

बाम गठबन्धनको धरान १८ मा संयुक्त प्रचारप्रसार कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै नेता आचार्यले देशलाई सधै अस्थीर बनाइराख्ने दक्षिणपन्थीहरुको स्वार्थअनुसार कांग्रेसको नेतृत्वमा यो गठबन्धन भएको बताए । देशमा परिवर्तन नचाहने दक्षिणपन्थीहरुको ध्रुवीकरण भएकोले कांग्रेस नेतृत्वको गठबन्धनले देशको विकास र समृद्धि सम्भव नभएको नेता आचार्यको भनाई थियो । ‘यो लोकतान्त्रिक गठबन्धन हुदै होइन, देशमा अस्थिरता निम्ताइरहने र छिटो छिटो सरकार फेरेर आफ्नो स्वार्थ पुरा गर्ने दक्षिणपन्थीहरुको गठबन्धन हो,’ सुनसरी क्षेत्र नं १ को प्रदेशसभा(ख)का बाम गठबन्धनका उम्मेदवारसमेत रहेका आचार्यले भने,‘परिवर्तन चाहने, राष्ट्रवाद, विकास र समृद्धिको लागि बामपन्थीहरुको गठबन्धन भएको हो ।’

बुहमतको स्थिर सरकार नै मुलुकको प्रमुख आवश्यकता भएकाले एमाले र माओवादीको बामपन्थी गठबन्धन भएको उनले बताए । अबको पाँच बर्षसम्म बामपन्थीहरुको बहुमतको स्थिर सरकार बन्ने र देशले विकास, समृद्धिको बाटोमा हिड्ने नेता आर्चायको दाबी थियो । कांग्रेसले ३ पटक बहुमतको सरकार बनाए पनि देशको विकास गर्न नसकेको भन्दै नेता आचार्यले बामपन्थीहरुले बहुमतको सरकार बनाएर देश र जनताको मुहार फेर्ने सपना बोकेको बताए । ‘अबको ५ बर्षसम्म बामपन्थीको बहुमतको सरकारले यस्तो काम गर्छ कि अर्को पटक चुनावमा हामीले भोट माग्नै पदैन, हामी त्यस्तो विकासको खाका कोछाैं,’उनले भने ।

यसैगरि, धरान वडा नं २० स्थित भञ्याङमा आयोजिन कार्यक्रममा बोल्दै नेता आचार्यले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने धरान उपमहानगर, बराह नगरपालिकालगायत क्षेत्रमा धार्मिक पर्यटनको प्रचुर सम्भावना भएको भन्दै त्यसको लागि आवश्यक नीति एवं बजेट ल्याउने पनि बताए । विगतमा पनि आफुले बाटो, विजुली, खानेपानी, मन्दिर व्यावस्थापनलगायत क्षेत्रमा नियमित बजेट विनियोजन गरेको भन्दै उनले अब प्रदेश र केन्द्रमा बहुमतको सरकार बनाएर ठोस योजनाहरु कार्यान्वयन गर्ने बताए । ‘यो ठाउहरुमा मैले नगरेको होइन, तर हाम्रो स्थिर सरकार कहिल्यै बनेन, जसले गर्दा ठोस काम भएको देखिएन । अब हाम्रो स्थिर सरकार बनेपछि तपाई हामीले सोचेको सबै योजनाहरु पुरा गछौं,’आचार्यले भने ।

आफ्नो क्षेत्रलाई पर्यटन, शिक्षा, स्वास्थ्य, कृति,सँस्कृतिको हबकोरुपमा विकास गर्ने योजना रहेको पनि उनले सुनाए । सर्दुमा पुल निर्माणको लागि सर्वे भइसकेको खुलाउदै उनले भविष्यमा बामपन्थी सरकार बनाएर बजेट पारेर पुल निर्माण गरिछोड्ने बताए । कार्यक्रममा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य मुक्साहाङ मेन्याङबोले पनि बाम गठबन्धनले कांग्रेसमा भुकम्प भएको बताउदै ५ बर्ष स्थिर सरकार बनाएर समृद्धिको आधार तयार गरिने बताए । प्रतिनिधि सभामा सुनसरी क्षेत्र नं १ का उम्मेदवार जयकुमार राईले सर्दुमा पुल बनाउन, बाटो कालोपत्रे गर्न, स्वास्थ्य चौकी, खानेपानी, शिक्षा, सुरक्षा र पर्यटन विकासको समग्र खाका एवं योजना ल्याएर धरान उपमहानगरको साविक विष्णुपादुका क्षेत्रको विकास गर्ने बताए । कार्यक्रमलाई एमालेकी समानुपातिक उम्मेदवार सावित्री श्रेष्ठ र माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार चेतना श्रेङले पनि बोलेकी थिइन्

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७