देउवाको ओलीलाई जवाफ, ‘ज्योतिषीले ७ पटक प्रधानमन्त्री बन्छस् भनेका छन्’


३० कार्तिक २०७४, बिहीबार
KP Sharma Oli and Sher Bahadur Deuba

काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा –एमाले)का अध्यक्ष केपी ओलीलाई जवाफ फर्काएका छन् । KP Sharma Oli and Sher Bahadur Deuba

कैलालीको धनगढीमा बिहीबार बिहान आयोजित पत्रकार भेटघाटमा ओलीले कांग्रेसबाट अन्तिम प्रधानमन्त्री देउवा मात्रै हो भन्ने जवाफमा उनले अझै आफु ७ पटक प्रधानमन्त्री बन्ने जोतिषीले भविष्यावाणीको गरेको खुलासा गरे । गत जेठ महिनामा देउवा चौथो पटक देशको प्रधानमन्त्री निर्वा्चित भएका थिए ।
उनले प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि आफू नै फेरि प्रधानमन्त्री बन्ने दाबी गरे । ‘मलाई ज्योतिषीले सात पटकसम्म प्रधानमन्त्री हुन्छस् भनेको छ, फेरि पनि प्रधानमन्त्री बन्ने मै हुँ’ देउवाले भने, ‘म अझै तीन पटक प्रधानमन्त्री हुन्छु । कम्युनिष्टहरुले भनेर हुन्छ?’
बुधबार गोरखाको पालुङटारमा आयोजित चुनावी सभामा ओलीले भने मंसिर १० र २१ गते बुढो रुख ढल्ने बताउँदै कांग्रेसबाट अन्तिम प्रधानमन्त्री देउवा मात्रै भएकाे बताएका थिए ।
उनले सुदूरपश्चिमबाट प्रधानमन्त्री हुने व्यक्ति अहिले आफूबाहेक कोही नभएको दाबीसमेत गरे । डडेलधुरामा आफूले चुनाव जित्ने पक्कापक्की भएको भन्दै देउवाले सुदूर पश्चिममा पनि कांग्रेसको राम्रो नतिजा आउने र पार्टीले बहुमत ल्याएर आफ्नो नेतृत्वमा सरकार बनाउने दाबी गरे ।
‘यो क्षेत्रबाट प्रधानमन्त्री हुनसक्ने अरु कोही छैन, प्रधानमन्त्री हुने म नै हुँ, त्यसैले यो क्षेत्रका जनताले कांग्रेसलाई विजयी बनाउने छन्,’ उनले भने ।  देउवाले प्रदेश ७ मा कांग्रेसले सबैजसो सिट जित्ने दाबी गर्दै मतदातालाई आफ्नो समस्या सुनाउन पनि आग्रह गरे ।

 निर्धक्क भए निर्वाचनमा सहभागी हुन आह्वान 
प्रधानमन्त्री  शेरबहादुर देउवाले देशभरि शान्ति सुरक्षाको व्यवस्था सुदृढ र चुस्त पारिएकाले आगामी निर्वाचनमा निर्धक्कसँग मतदानमा सहभागी भएर निर्वाचन सफल पार्न अपिल गरे ।  देउवाले जनतालाई सरकार बदल्ने र बनाउने अधिकार भएकाले कसैको डर, त्रास, धम्की, दबाब, लोभलालचमा नलागी चुनावमा सहभागी हुन आह्वान गरे  ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७