४० हजार डलर ह्यकिङपछि वित्तीय संकटमा एनआईसी एसिया बैंक


३० कार्तिक २०७४, बिहीबार

काठमाडौं: एनआईसी एसिया बैंक वित्तीय संकट सामना गर्नुपर्ने अवस्थामा पुगेको छ । संकटसँगै बैंकिङ सुरक्षाका दृष्टिले ‘क’ वर्गका २८ वाणिज्य बैंकमध्ये एनआईसी एसिया बैंक सबैभन्दा कमजोर बनेको छ ।NIC Asia Bink
बैंकको आन्तरिक सुरक्षा कमजोरीका कारण करिब ४० हजार अमेरिकी डलर ह्याकिङमा परेपछि नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले समेत त्यसलाई ढाकछोप गरी सर्वसाधारणलाई गुमराहमा राखे पनि यसपछिका विभिन्न जोखिमका कारण बैंक संकटमा पर्ने अवस्था निम्तन लागेको हो ।

स्विफ्ट ह्याकिङको यथार्थ अझै बाहिर आइनसकेकाले बैंक अझै संकटमा पर्नसक्ने अवस्थामा छ । स्विफ्ट ह्याकिङमा परेको मध्ये अधिकांश रकम फिर्ता भइरहेको दाबी बैंकले गरे पनि कति रकम फिर्ता भएको हो भन्ने विषयमा राष्ट्र बैंक र एनआईसी एसिया दुवै मौन छन् । ह्याकिङमा परेको रकम कति फिर्ता भयो भन्ने विषयमा बैंकले मौनता साँधिरहे बैंकको वित्तीय पारदर्शितामा प्रश्न उठ्ने राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए ।

एनआईसी एसिया बैंकले त्यति ठूलो रकम ह्याकिङ हुँदासमेत त्यसबारे समयमै नियमनकारी निकायलाई समेत जानकारी नगराई गुपचुप राखेको थियो । लामो समयपछि सो ह्याकिङ प्रकरण बाहिर आए पनि राष्ट्र बैंकले समेत त्यसलाई गुपचुप राखी बैंकलाई कुनै कारबाही गरेन । राष्ट्र बैंकको सोही मौनताले बैंकको संकट पछि हटेको राष्ट्र बैंककै उच्च अधिकारी बताउँछन् ।

‘स्विफ्ट ह्याकिङ’ प्रकरणपछि बैंकको नेतृत्व राष्ट्र बैंकले लिनुपर्ने चर्को आवाज राष्ट्र बैंकभित्रै उठेको थियो । तर नेतृत्व लिएपछि निम्तन सक्ने जोखिम वहन गर्न कठिन हुने निश्कर्षसहित राष्ट्र बैंक पछि हटेको थियो । राष्ट्र बैंकले सो बैंकलाई यति ठूलो गल्तीमा पनि कारबाही नगरी त्यसै छोडेकाले बैंकमा निक्षेप निकाल्न निक्षेपकर्ताको लाम लाग्ने अवस्था आउन नपाएको राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले जनाएको छ ।

राष्ट्र बैंकले स्विफ्ट ह्याक प्रकरण लगत्तै एनआईसी एसिया बैंकलाई सचेतसमेत नगराएपछि एनआईसी एसिया बैंकले यो प्रकरणलाई
गोप्य राख्दै आएको थियो । तिहारको लक्ष्मी पूजाका दिन एनआईसी एसिया बैंकको स्विफ्ट ह्याक गरी रकम चोरी भएको घटना सार्वजनिक भएसँगै बैंकमा सर्वसाधारणको रकम जोखिममा पर्ने अवस्था आएको हो । आन्तरिक सुरक्षा प्रणाली मजबुत नभएकै कारण सो बैंकको स्विफ्ट ह्याक गरी ४६ करोड रुपैयाँ चोरी भएको थियो । सो घटनापछि नेपाल राष्ट्र बैंकले तत्काल अनुगमन सुरु गर्दा नै बैंकको आन्तरिक सुरक्षा प्रणाली कमजोर रहेको पाइएको राष्ट्र बैंक उच्च स्रोतले भन्यो ।

एनआईसी एसिया बैंकको अन्तरदेशीय कारोबारमा विगत चार÷पाँच महिनादेखि नै समस्या आएको भए पनि त्यो राष्ट्र बैंकलाई समेत जानकारी नगराई बैंकले गोप्य राखेको थियो । ‘बैंकले बेलैमा त्यो जानकारी गराएको भए यति ठूलो समस्या झेल्नुपर्ने थिएन,’ राष्ट्र बैंक स्रोतले भन्यो ।

‘राष्ट्र बैंकलाई पैसा चोरी भएपछि मात्र जानकारी आएको हो,’ राष्ट्र बैंक उच्च स्रोतले राजधानीलाई भन्यो, ‘बैंककै लापर्बाहीका कारण सर्वसाधारणको पैसा डुब्ने खतरा देखिएपछि बल्ल राष्ट्र बैंकले निगरानी सुरु गरेको छ ।’स्विफ्ट ह्याक काण्डपछि निक्षेपकर्ताहरू भड्किन थालेपछि बैंक गम्भीर समस्यामा परेको छ । राष्ट्र बैंकले एनआईसी एसिया बैंक काण्डको प्रारम्भिक अनुसन्धान गरेर थप अनुसन्धानका लागि प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० लाई बुझाइसकेको छ ।

ह्याकिङमा बंैक कर्मचारीकै मिलेमतो

ह्याकिङ बैंकका उच्च अधिकारीहरूकै संलग्नता रहेको आशंका बढेपछि बैंकका उच्च तहका कर्मचारीमाथि समेत अनुसन्धान भइरहेको राष्ट्र बैंकले जनाएको छ । प्रारम्भिक रूपमा बैंकमा दुई कर्मचारीको कमजोरी रहेको देखिएको पनि यस विषयमा उच्च पदस्थ व्यक्ति नै संलग्न भएको हुन सक्ने देखिएकाले थप अनुसन्धान अगाडि बढाइएको स्रोतको भनाइ छ ।

सञ्चालनमा रहेका २८ वाणिज्य बैंकहरूमध्ये एनआईसी एसिया बैंकिङ सुरक्षाका दृष्टिले सबैभन्दा कमजोर प्रमाणित भएको छ । बैंकको गिर्दो साख जोगाउने विषयमा समेत बैंक व्यवस्थापन अझै मौन देखिएपछि निक्षेपकर्ताहरू त्रासमा परेका छन् । राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७