केशवको नेतृत्वमा तेक्वान्दोको ३ नम्बर प्रदेश


२९ कार्तिक २०७४, बुधबार
9 1

काठमाडौं: केशव पुरीको अध्यक्षतामा नेपाल तेक्वान्दो संघको ३ नम्बर प्रदेशको प्रस्ताविक कमिटी गठन भएको छ । बुधबार ललितपुरको जाउलाखेलमा भएको ३ नम्बर प्रदेशको भेलाले पुरीको अध्यक्षतामा २५ सदस्यीय ३ नम्बर प्रदेश प्रस्ताव गरेको हो ।

9 1 भेलाले ५ उपाध्यक्षमा राजनसिंह भण्डारी,डिआइजी माधव नेपाल,दीपक मलहोत्रा प्रकास खड्गी र मिनबहादुर थापालाई चयन गरेको छ । अन्य पदाधिकारी महासचिवमा रमेश खड्का,सचिवमा राजेश प्रजापति,कोषाध्यक्षमा किरण थापा र सह–कोषाध्यक्षमा हरिहर ढुंगाना रहेका छन् ।
अन्य सदस्यमा कविराज नेगी लामा, बसन्ती डंगोल,सुवास श्रेष्ठ,श्रवणकुमार जीसी, सुमन पराजुली, निर्मल लामा, टोनिल कर्मचार्य, नरेन्द्र थापा, दिल महर्जन, मनोज खड्गी, सोभितमान गीरी, आयाषा शाक्य, विक्रम खड्गी, राजेन्द्र खत्री र वीरमान स्याङ्तान रहेका छन् । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी र नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकास सम्सेर राणा लगायतको उपस्थिती रहेको थियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७