यस्तो रह्यो राष्ट्रपतिको युएइ भ्रमण (फोटोफिचर )
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्स (युएइ)को चार दिने औपचारीक भ्रमणमा रहेकी छिन्। नेपाल र युएइबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ४०औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति भण्डारी युएइ गएकी हुन्।
युवराज शेख महम्मल बिन जाहेद उल नेह्यानको निमन्त्रणमा राष्ट्रपति भण्डारी युएइ जान तयार भएकी थिर्इन भ्रमण टोलीमा आपूर्तिमन्त्री जयन्त चन्द, राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ मदनकुमार भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव भुपेन्द्रप्रसाद पौडेल र राष्ट्रपतिको कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै सञ्चारमाध्यमका प्रतिनिधि रहेका छन् ।