नेपालमा कांग्रेसको अन्तिम प्रधानमन्त्री देउवा हुन्ः केपी ओली


२९ कार्तिक २०७४, बुधबार
kp oli

गोरखा: एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको अन्तिम प्रधानमन्त्री शेरबहादुर देउवा भएको बताएका छन् ।kp oli

निर्वाचनपछि बाम गठबन्धनको सरकार बन्ने भन्दै गोरखाको पालुङटारमा आयोजित चुनावी सभामा ओलीले भने, ‘मंसिर १० र २१ गते बुढो रुख ढल्छ । बामपन्थीको आँधी तुफानले रुख भित्रभित्रै खोक्रो भइसकेको छ ।’
गोरखा क्षेत्र नं. २ मा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईप्रति लक्षित गर्दै ओलीले बुढा रुखको आडमा सीसा र प्लाष्टिकको आँखा लिएर काम नभएको टिप्पणी गरे । कांग्रेसले बबुरा अध्यक्ष लिएर कुदेको भन्दै ओलीले भने, ‘कांग्रेसप्रति समवेदना व्यक्त गर्न चाहन्छु ।’
‘पहिले रुखको हाँगा भाँचेर हिँड्थे’, ओलीले थपे, ‘अहिले आँखा लिएर हिँड्न मिलेन १ एउटा अध्यक्ष र केही कलाकार भएको पार्टीलाई बोकेर काम छैन ।’ एमाले अध्यक्ष ओली गोरखामा नारायणकाजी श्रेष्ठको चुनावी अभियानलाई सहयोग गर्न पुगेका हुन् ।
वाम गठबन्धनको सभा सम्बोधन गर्न गोरखा पुगेका पुष्पकमल दाहालले नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई बुद्धि भएका तर, ज्ञान नभएका नेताको संज्ञा दिएका छन् ।सम्बोधनका क्रममा अध्यक्ष दाहालले भट्टराईलाई उम्मेद्वारी फिर्ता लिन पनि आग्रह गरे । ‘बाबुरामजीको माया लाग्छ । माओवादी बाहेक अरु कसैले तपाईँलाई माया गर्दैन’, दाहालले भने, ‘उम्मेद्वारी फिर्ता लिनुहोस् ।’

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७