बाजुराका मतदाताको माग: स्वतन्त्र मतदान गर्न पाँउु


२९ कार्तिक २०७४, बुधबार
मतदान vote

बाजुरा: बाजुरामा विगतका चुनावहरुमा आफुहरुले स्वतन्त्र र आफ्नो मत खसाउन नपाएको भन्दै यस पटकको निर्वाचनमा आफ्नो मत आफै हाल्न पाउनुपर्ने राजनितिक दलहरु संग माग गर्न थालेका छन् । जिल्लामा नेपाली कांग्रेस र बाम गठबन्धनका कार्यकर्ताले मतदान केन्द्र पहुँच भए कव्जा गर्ने र मतपत्र खोस्ने गरेकाले यो पटकको मत आफैले हाल्न पाउनुपर्ने जोड दिएका हुन् ।मतदान vote

जुन राजनितिक दलको बर्चश्व जहा छ,त्यही मतदान केन्द्र कव्जा गर्दै आफ्नो पार्टीलाई जिताउने खोज्ने प्रवृत्ति अन्त्य गर्न दलका उम्मेदवारसँग आग्रह गर्न थालेको मतदातहरुले बताएका छन् ।

जिल्लाको विकट क्षेत्रमा रहेको गौमुल गाउँपालिका मतदाताहरुले स्वतन्त्ररुपमा मतदान गर्न पाउने अधिकारको सुनिश्चितता गरिदन अनुरोध गरेका हुन् । दलीय राजनीतिक प्रभावका कारण गौमुलको वडा नं १ अम्लीसमा धेरैले आफ्नो मताधिकार प्रयोग गर्नै नपाएको भन्दै स्थानीय युवाले आफ्नो अमुल्य मत आफैले दान गर्न पाउनुपर्नैमा जोड दिएका छन् ।

मतदान गर्न आएका बृद्ध बृद्धा र सोझा मतदातादाई फकाएर तपाई मतहाल्न जान्नुहुन्न तपाईकै रोजेको ठाउँमा हामी मतदान गरी दिन्छौं भनेर फकाउने भित्र गएर आफुअनुकुल पार्टीको चिन्हमा मतदान गरेको बताए ।

वडा अध्यक्षका उम्मेदवार जयराम रोकायाले भने , गतको स्थानीय तहको निर्वाचनमा तीन सय वढि मतको अपेक्षा गरेका थियौं मतदान गर्दा ११४ मत आउँदा आफु छक्क परेका छौं किन मत कम भएछ खोज्ल्दै जांदा प्रायको मत अर्को व्यक्तिले हालि दिएको थाहा भयो ।

मतदान केन्द्र कव्जा हुंदैन तर मतदातानामावली अनुसार मतदान नभएको रोकायाको भनाई रहेको छ । त्यस्तै आफ्नो मत आफै खसाल्न नपाउने जिल्लाका धेरै मतदान केन्द्र छन् । एमालेको पक्कडमा भएका मतदान केन्द्र एमाले र कांग्रेसको मतदान केन्द्र भएको स्थानमा कांग्रेसले मतदान केन्द्र कव्जा गर्दै आएका छन् । त्यहां दलका प्रतिनिधीले मतदान गर्छन वास्तविक मतदाता भने टुलटुलुहेरेर फकिन्छौं गौमुलका एक बृद्ध मतदाताले बताए ।

बाजुराका ७० मतदान केन्द्र मध्ये ३३ वटा मतदान केन्द्र अति संवेदनशिल छन् । ती मध्ये धेरै ठाउँमा राजनीतिक कारणले अतिसंवेदनशिल छन् । राजनीतिक आस्थाकै आधारमा कर्मचारी खटाईने हुंदा कर्मचारीका कारणपनि स्वतन्त्र मतदानमा अप्ठेरो परेको स्थानीयले बताउने गरेका छन् । दल निकटका कर्मचारीले दलको ईशारामा काम गर्छन् । कसरी स्वच्छ वातावरणमा मतदान हुन्छ स्थानीय तह निर्वाचनका एक परिवेक्षकले बताए ।

शान्ती पूर्ण निर्वाचनमा सघाउन नेपाली कांगेस बाजुराले गाउँ गाउँमा स्वंसेवक परिचालन आफ्नो अमुल्य मत खेरजान नदिन मतदाता शिक्षालाई पनि उत्तीकै जोड दिएको छ । आफ्नो मत आफैले दान गर्न दिनुपर्ने वतावरण मिलाउन निर्वाचन अधिकारी लगायत सम्बद्ध पक्षसंग माग गरेका छन् ।

जिल्लाका अहिले चुनावी अभियानलाई नेपाली कांग्रेस र कम्युनिष्ट गठबन्धनले तिव्रता दिदै आएका छन् । दुवै दलका उम्मेदवारहरु कतै खेतबारीमा हलो जोत्दै मत माग्दै आएका छन् भने कतै कुटो कोदालोको काम गर्दै मत माग्ने गरेको पाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७