सरकारले उम्मेदवारको सुरक्षा दिन नसके हामी आफैँ गर्न सक्छौं: नेता राई


२८ कार्तिक २०७४, मंगलवार
Tanka rai

खोटाङ: नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य टंक राईले उम्मेदवारको सुरक्षा सरकारले दिन नसके हामी आफैँले गर्ने बताएका छन् ।Tanka rai

सोमबार पत्रकारसँग कुराकानी गर्दै उनले वाम गठबन्धनका उम्मेदवारमाथि भएको शृङ्खलाबद्ध आक्रमणमा सलग्न दोषिलाई कारवाही गर्न सरकार उदासीन देखिएको आरोप लगाए।“उम्मेदवारलाई लक्षित गरेर दैनिकजसो बम आक्रमण भइरहेको छ”, नेता राईले भने, “अहिलेको सरकार यही बहानाबाजी बनाएर निर्वाचनलाई प्रभावित पार्ने षडयन्त्रमा लागेको छ कि भन्ने आशंका पनि गर्न सकिन्छ ।”

उनले “वामपन्थी दलहरुप्रति जनताको ठूलो भरोसा छ”, भन्दै “यो गठबन्धन कसैका विरुद्ध लक्षित गरेर बनाइएको हैन, स्थिर र प्रगतिशील सरकार गठनका लागि बनाइएको हो, यसबाट कसैले आत्तिहाल्नुपर्ने अवस्था छैन,” बताए ।

नेता राईले देशमा स्थिर सरकार नहुँदा विकास निर्माणका गतिविधि अगाडि बढ्न नसकेको उल्लेख गर्दै निर्वाचनपछि देशमा विकासको गति लिने बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७