शेरधन राई माथि आक्रमण गरेको आशांकमा पूर्व माओवादी कार्यकर्ता पक्राउ


२८ कार्तिक २०७४, मंगलवार
23574171 1811019718940601 1758982439 n

भोजपुर: पूर्व सूचना तथा सञ्चार मन्त्री तथा उम्मेदवार शेरधन राईमाथि बम र गोली प्रहार भएको ७ घण्टा नवित्दै एक पुर्व माओवादी नेतालाई प्रहरीले पक्राउ गरेको छ । नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले उम्मेदवार शेरधन राईमाथि आक्रमण गरेको आशंकामा पुर्व माओवादी नेता कृष्ण साङपाङ राई निकासलाई पक्राउ गरेको हो ।

23574171 1811019718940601 1758982439 n

पछिल्लो समय पार्टी विभाजनपछि मोहन बैद्यले नेतृत्व गरेको नेकपा-माओवादीमा आवद्ध रहेका राई पछिल्लो समय नेकपा-माओवादी विभाजनपछि उनी राजनीतिबाट अलग रहेर सामान्य जीवन निर्वाह गर्दै आएका थिए ।
बेलुकी ५ बजे आफ्नै घरबाटबाट उनलाई नेकपा कम्युनिष्ट पार्टीमा आवद्ध भएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी राजनीतिबाट अलग रहेको नेत्र विक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध नरहेको पत्नी निराले बताइन ।
सशस्त्र द्धन्द्धको क्रममा पक्राउ परेका राई सुरक्षाकर्मीको यातानापछि उनको स्वास्थ्य अवस्था निकै नाजुक बनेकोे थियो । उनी हाल युरिक एसिड र बाथको विरामीका कारण हिडन डुल्न र दिसापिसाव गर्न समेत अरुको सहायता लिनुपर्ने अवस्था रहेको उनका परिवारले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध रहेको आशंकामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर गीतनारायण चौधरीले बताए ।
पक्राउ गरिएको पुर्व माओवादी नेतालाई हिरासतमा राखिएको स्रोतले जनाएको छ । निष्ठावान राजनीतिज्ञको रुपमा परिचित राई स्वास्थ्य समस्याका कारण राजनीति छोडेर घरमै आराम गर्दै आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७