काँग्रेस उम्मेदवारसहितको चुनावी प्रचार टोलीमाथी बम प्रहार


२८ कार्तिक २०७४, मंगलवार
madgi म्याग्दी

काठमाडौं: नेपाली काँग्रेसको चुनावी प्रचारटोलीलाई लक्षित गरेर माइन बम विस्फोट गराइएको छ । मंलबार दिउँसो म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरमा चुनावी सभा सम्पन्न गरेर अर्जम क्षेत्रमा घरदैलोका लागि जाँदै गरेको काँग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार खम्बीर गर्बुजाको टोलीलाई लक्षित गरी बम विस्फोट गराइएको हो।

madgi म्याग्दी
बम विस्फोट हुँदा गाडीमा सामान्य क्षति पुगेको छ। विस्फोटमा मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बम शक्तिशाली रहेको तर केही छिटो भएको कारण ठुलो घट्ना हुन बचेको बताएका छन् । चुनावी प्रचारमा रहेका एक व्यक्तिका अनुासर एक मिनेटमा मात्रै ढिलो भएको भए ठुलो मानवीय क्षति हुने थियो ।
प्रहरीका अनुसार निकै माथिबाट तार ल्याएर विस्फोट गराइएको छ । कुन समूहले विस्फोट गरायो भन्ने प्रहरीले खुलाएको छैन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको प्रभाव क्षेत्र मानिने म्याग्दीमा सोही समूहले नै विस्फोट गराएको प्रहरीको अनुमान छ । प्रहरीले चारदिन अघि सो समूहका तीन कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७