नेपाल सेमिफाइनलमा, डिफेन्डिङ च्याम्पियन भारत बाहिरियो


२८ कार्तिक २०७४, मंगलवार
DSC 0057

काठमाडौं: उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटमा नेपाल  सेमिफाइनलमा प्रवेश गरेकाे छ । मंगलबार भएको बंगलादेश र भारतबीचकाे खेलमा भारत पराजित भएसँगै नेपाल सेमिफाइलनमा प्रवेश गरेकाे हाे । मंगलबारै भएकाे समूह चरणकाे खेलमा नेपालले घरेलु टोली मलेसियामाथि ८ विकेटको शानदार जित निकालेकाे थियाे  ।

DSC 0057 1024x698

खेलमा नेपालले मलेसियालाई साथै बंगलादेशले भारतलाई पराजित गरेपछि सेमिफाइनल समीकरण पूरा भएको छ । समूह ‘ए’ को उपविजेता नेपाल सेफिफाइलनमा प्रवेश गरेकाे छ भने बंगलादेश विजेता भएर प्रवेश गरेकाे हाे । नेपालले समूह ‘बी’ को विजेता अफगानिस्तानसँग आउँदो शुक्रबार खेल्नेछ । समूह ‘बी’ बाट अफगानिस्तानसँगै पाकिस्तान सेमिफाइनलमा पुगेकाे छ ।
 नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको हो । नेपालले  मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले २ विकेट गुमाएर ५.३  ओभरमै पूरा गर्दे हराएकाे हाे ।  यसअघि नेपालले आइतबार भारतलाई पराजित गरेको थियो । मंगलबार बंगलादेशसँग पराजित भएपछि डिफेन्डिङ च्याम्यिन भारत समूह चरणबाटै बाहिरिएको छ ।
समूह ‘ए’ काे अंक तालिकाको शीर्ष स्थानको बंगलादेशले तीन खेल जित निकाल्दै ६ अंक जोडेको छ। नेपालको दुर्इ खेल जित्दै ४ अंक भएको छ। भारतको २ अंक बटुलेको छ।nepal criket

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७