ललितपुरलार्इ पुस भित्रमा फोहरमुक्त जिल्ला घोषणा गरिने


२८ कार्तिक २०७४, मंगलवार
lalitpur

ललितपुर : ललितपुर जिल्लालाई पुस भित्रमा फोहर मुक्त जिल्ला घोषणा गरिने भएको छ । मङ्गलवार ललितपुरमा आयोजित एक कार्यक्रममा जिल्लामा रहेका गाउँपालिका, नगरपालिका र महानगरपालिकालाइ मङ्सिर भित्र खुल्ला दिशामुक्त क्षेत्र घोषणा र पुसभित्र जिल्लालाई फोहोर मुक्त सहर घोषणा गर्ने जानकारी दिइएको हो ।

lalitpur
जिल्लामा तीन गाउँपालिका, दुई नगर पालिका र एक महानगरपालिका रहेका छन् । कार्यक्रममा जिल्लामा सरसफाइको अवस्था, गाउँपालिकामा चर्पी निर्माणको अवस्था बारे जानकारी दिइएको थियो । खुल्ला दिशामुक्त घोषणा गर्न धेरै बाकी नरहेकोले मङ्सिरभित्रमा त्यो पूरा हुने खानेपानी तथा सरसफाइ डिभिजन कार्यलयका प्रमुख हरिदत्त पौडेलले जानकारी दिए । हामी जिल्लामा छिटो सरसफाइ कायम राख्न कोसिस गरिरहेका छौ, पौडेलले भने, ‘गाउपालिका, नगरपालिकामा चर्पी निर्माण र सरसफाइ गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।’
कार्यक्रममा खुल्ला दिशा मुक्त गाउँ घोषणा गर्न प्रक्रिया पुगेको खोकना, ठुलादुर्लुङ र नगरपालिकाका केही वडालाइ अनुमति दिइएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय ललितपुरका प्रमुख हरिदत्त पौडेलले जानकारी दिए ।जिल्लाभर चर्पी निर्माणका लागि तीव्रता दिइए पनि सरसफाइमा शहरी क्षेत्रमा समस्या देखिएको पौडेलले बताए ।
२०६७ सालमा जिल्लामा तत्कालीन दलचोकी गाविसबाट सुरु गरिएको खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने काम भूकम्पका कारण रोकिएर ढिलाइ भएको हो ।
जिल्लाभर खानेपानीको अवस्था सुधार हुँदै गए पनि कतिपय गाउँमा अझै पनि पिउने पानी पुर्‍याउन समस्या भएकोमा त्यसको व्यवस्थापन गर्न गाउँपालिका, नगरपालिका र महानगरपालिका सङ्ग समन्वय भइरहेको डिभिजन प्रमुख पौडेलले जानकारी दिए ।
जिल्लालाई फोहरमुक्त घोषणा गर्न त्यति सहज नभए पनि असम्भव नभएको उनले बताए । ‘चुनौती धेरै छन्, हामी सङ्ग समय धेरै छैन तै पनि सबै सरोकारवाला निकाएले काम गरे सम्भव छ हामी पुसभित्र जिल्लालाई खुल्ला दिशा मुक्त र फोहरमुक्त सहर घोषणा गर्छौ ।’ पौडेलले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७