मलाई सुनियोजित रुपमा मार्नेगरी बम हानियो : शेरधन राई


२८ कार्तिक २०७४, मंगलवार
Sherdhan Rai

भोजपुर : नेकपा (एमाले)का पोलिटव्युरो सदस्य तथा पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राईले आफूलाई मार्नेगरी सुनियोजित रुपमा बम हानिएको बताएका छन् । भोजपुर क्षेत्र न.२ बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार राईले बम प्रहारको घटनापछि भने,‘मलाई सिध्याउने गरी सुनियोजित रुपमा बम हानियो ।’

Sherdhan Rai

नेता राईमाथि भोजपुर सदरमुकामबाट टेम्के मैयुम गाउँपालिकाको चुनावी सभामा जादै गर्दा आज बिहान बम प्रहार गरिएको हो । बम प्रहारबाट उनी चढेको बा १५ ज ५६०८ नम्बरको ल्यान्ड रोभर गाडीको अगाडीको भाग ध्वस्त भएको छ । घटनाको प्रकृति हेर्दा नेता राईलाई मार्ने उद्देश्यले बम प्रहार गरिएको छ ।

घटनापछि घटनास्थ्लबाट कुरा गर्दै नेता राईले यो घटनालाई आफूले गम्भिर हिसाबले लिएको बताए । उनले भने, ‘यो घटनालाई मैले गम्भिरतापूर्वक हिसाबले लिएको छु, मैले सानैदेखी भोजपुर र भोजपुरे जनताको सेवा गर्दै आएको छु । मेरो पहिचान र परिचय भोजपुरमा निष्कलङ्क नेताको रुपमा स्थापित छु । मैले जानेर आजसम्म गल्ती गरेको छैन । निष्ठा र इमानको साथ जनताको सेवा गरीरहेको मान्छेलाई सिध्याउने गरी बम हानेको यो घटनाले दुःखी बनाएको छ ।’

पूर्वमन्त्री राईलाई प्रदेश नम्बर एकको मुख्यमन्त्रीको रुपमा हेरिएको छ । आफूलाई तलै सिध्याउने गरी घटना घटाइएको उनको प्रतिक्रिया छ । राईले भने,‘मलाई सबैले भावी मुख्यमन्त्रीको रुपमा हेरिरहनु भएको छ । यस्तो अवस्थामा तल्लै सिध्याउन मलाई खोजिएको छ ।’

राईमाथि भोजपुरको टेम्के मैयुम नगरपालिकाको वडा नम्बर–६ कोट स्थित गुम्बा भन्ने स्थानमा बिहान ९ बजेर ५० मिनेट जादा बम प्रहारी गरिएको । बम प्रहारपछि गोली पनि प्रहार गरिएको छ । गोली लगेर राईको सुरक्षा गार्डका असई डिल्ली देवकोटा घाइते भएका छन् । बम प्रहारपछि गोली हानिएको र राईको सुरक्षा गार्डले २१ राउन्ड जवाफी फाइरिङ्ग गरेका थिए ।  उनको हातमा गोली लागेको छ । घटनाको अहिलेसम्म कसैले पनि जिम्मा लिएको छैन । तर, घटनामा नेत्र विक्रम चन्द ‘विप्लप’का कार्यकर्ताहरु संग्लन रहेको प्रहरीको अनुमान छ ।

यसैबीच नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कडा कार्वाहीको माग गरेका छन् । ‘हाम्रा पार्टीका प्रदेश नं १ का सहसंयोजक एवं भोजपुर १ का प्रदेश सभा सदस्य उम्मेदवार पूर्वमन्त्री शेरधन राईमाथि आज बिहान भएको सांघातिक आक्रमणलाई हाम्रो पार्टीले गम्भीरतापुवर्क लिएको छ । निर्वाचन प्रचारको क्रममा रहेका उम्मेदवार माथिको यो आक्रमणलाई हामीले सिंगो एमाले पंक्तिमाथिको आक्रमणको रुपमा लिएका छौं,’ अध्यक्ष ओलीले बिज्ञप्ती जारी गर्दै भनेका छन्, ‘यस घटनामा संलग्न जोसुकै भएपनि उनीहरुको उदेश्य लोकतन्त्रलाई संस्थागत हुन नदिने, निर्वाचन भाँडने र मुलुकमा भाँडभैलो मच्चाइ रहने स्पष्ट हुन्छ । हामी सरकारलाई निर्वाचनका उम्मेदवारहरुलाई यथेष्ट सुरक्षा प्रदान गर्न र यस्ता सांघातिक आक्रमणहरु नियन्त्रण गर्न सचेत गराउँछौं ।’

नेता राईको नीजि सुरक्षा गार्ड डिल्ली देवकोटा, जसको हातमा गोली लागेको छ :-

Police 1

Dilli Devkota

वमले क्षतिग्रस्त गाडी, जहाँ शेरधन राई चढेका थिए

Sherdhan rai Sherdhan sherdan

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७