संविधान संशोधन र २५ वर्षमा समृद्ध राष्ट्र निर्माण फोरमको मुख्य एजेण्डा


२७ कार्तिक २०७४, सोमबार
shagiya fhoram

काठमाडौँ : सङ्घीय समाजवादी फोरम नेपालले संविधान संशोधन र समृद्ध राष्ट्र निर्माणमा जाेड दिएकाे छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अाइतबार घोषणापत्र सार्वजनिक गर्दे संविधान संशोधन र २५ वर्षमा  समृद्ध राष्ट्र निर्माणकाे याेजनालार्इ जाेड दिएकाे हाे ।  shagiya fhoram
कांग्रेस र एमालेका कारण संविधान संशोधन हुन नसकेको भन्दै उनीहरू पहिचान विरोधी र यथास्थितिवादी भएको आरोप फोरम नेपालको घोषणापत्रमा लगाइएको छ । काँग्रेस सैद्धान्तिक रूपमा लोकतान्त्रिक समाजवादी भए पनि राजनीतिक रूपमा यथास्थितिवादी भएको एमाले नाम मात्रको कम्युनिस्ट पार्टी रहेको आरोप फोरमले लगाएको छ ।
राष्ट्रिय जनता पार्टी नेपालसँग चुनावी गठबन्धन बनाएको फोरमले उसलाई विगतमा जन सङ्घर्षभन्दा बढी सत्ता प्राप्तिमा केन्द्रित भएको अरोप लगाएको छ । साथै राजपा नेपालसँग चुनावी तालमेलले प्रदेश २ मा मधेसवादी गठबन्धनको सरकार बनाउँने सम्भावना बढेको आकलन फोरमले गरेको छ ।
फोरम नेपालले २५ वर्ष भित्रमा देशलाई समृद्ध मुलुक निर्माण गर्ने गरी विभिन्न योजनाहरुहरुलाई आफ्नो घोषणापत्रमा समावेश गरेको छ । आउँने १० वर्ष भित्रमा आर्थिक रूपमा आत्मनिर्भर बनाउँदै देशलाई बिकाशसिल मुलुकको रूपमा अगाडी बढाउँने उसले मुलुककै स्रोत साधनको अधिकतम प्रयोग गर्नुपर्ने जनाएको छ ।
आउँने पाँच वर्षमै ऊर्जा शक्तिमा आत्मनिर्भर हुने, कुल गार्हस्थ उत्पादनको ५० प्रतिशत स्थीर पुँजीको रूपमा विकास गर्ने, दोहोरो अङ्कको आर्थिक वृद्धि हासिल गर्ने, प्रतिव्यक्ति आय दोबर पुर्याउँने र निरपेक्ष गरिबीको रेखामुनीमा रहेका जनतालाई गरिबीबाट मुक्त गर्ने महत्त्वपूर्ण योजना फोरम नेपालले आफ्नो घोषणापत्रमा समावेश गरेको छ ।
फोरम नेपालले पुर्वपश्चिम रेलमार्गको डिपिआर तयार गरी ५ वर्षमा काम अघि बढाउने जनाएको छ । काठमाडौंको चक्रपथलाई पाँच वर्षभित्रमा ८ लेनको बनाउने उल्लेख गर्दै उसले पुर्वपश्चिम हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, चतरा हेटौडा सडक लगायतको निर्माण गर्दै समृद्ध राष्ट्र बनाउँने योजना बनाएको छ ।
यसै गरी चीनसँग जोडिएको केरुङ नाकाबाट भारत जोड्ने उत्तर–दक्षिण रेलमार्ग तथा देशको पश्चिमी भेगमा भारत–चीनसँग व्यापारिक सम्बन्ध जोड्ने मुस्ताङ र डोल्पा नाकासम्म लोकमार्ग बनाउने, मुलुकको औधोगिक क्षेत्र, पर्यटकीय क्षेत्रको विकास गरी पर्यटक भित्रयाउँने र रोजगार सृजना गर्ने फोरमले जनाएको छ ।
फोरम नपालले शासकीय स्वरूपबारेमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्ने उल्लेख गरेको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था र एउटै व्यक्ति लगातार दुई कार्यकालभन्दा बढी राष्ट्रपति हुन नपाउँने फोरमले उल्लेख गरेको छ । राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्गको हुनुपर्ने जनाउँदै फोरमले पहिचान सहितको सङ्घीयता, समतामुलक समृद्धि र सुशासन सहितको आफ्नो पुरानै मुद्धालाई मुख्य एजेण्डा उसले बनाएको छ ।
फोरम नेपालका सहअध्यक्ष एवं घोषणापत्र निर्माण समितिका संयोजक समेत रहेका राजेन्द्र श्रेष्ठले संविधान संशोधनको मुद्दा आफुहरुको मुख्य मुद्दा भएको र पहिचानको आधारमा सङ्घीय प्रदेश हुनुपर्ने पार्टीको अडान रहेको बताएका छन् ।
राज्यका सबै अङ्ग, तह र निकायमा जातीय सामुदायिक जनसङ्ख्याका आधारमा समानुपातिक समाबेशिकरणको प्रणाली अपनाउँने फोरमको पुरानो मुद्दा समेत घोषणामा उल्लेख गरिएको छ । शिक्षा, स्वास्थय, खानेपानी, शहरीकरण लगायतका मुद्धामा फोरमले महत्त्वपूर्ण योजना सार्वजनिक गरेको छ ।
राजपा नेपालसँग चुनावी गठबन्धन गरेको फोरमले साझा घोषणापत्र समेत बन्दै गरेको र चाडै सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७