मानव अधिकारको रक्षाका लागि आयोग सचेत छ : प्रकाश वस्ती


२७ कार्तिक २०७४, सोमबार
prakash absthi

काठमाडौं : मानव अधिकार रक्षाका लागि राष्ट्रिय मानव अधिकारले प्रभावकारी रुपमा आफ्नो कार्य गर्नपर्ने वक्ताहरुले आग्रह गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा कातिक २७ गते काठमाडौंको अनामनगरमा ‘काठमाडौं जिल्लाको मानव अधिकार प्राथमिकत्ता क्षेत्र निर्धारण’ बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले यस्तो आग्रह गरेका हुन् ।prakash absthi

कार्यक्रमका वक्ताहरुले वालअधिकार, महिला अधिकार, खाद्य अधिकार, स्वास्थ्य अधिकार, नागरिक तथा राजनीतिक अधिकार, सामुहिक अधिकार, शिक्षाको अधिकार, समाजिक अधिकार, साँस्कृतीक अधिकार, आर्थिक अधिकार लगायतका क्षेत्रमा आयोगले प्रभावकारी कार्य गर्नुपर्ने बताए ।
आयोगका सदस्य प्रकाश वस्तीको अध्यक्षता एवं काठमाडौं जिल्लाका कायम मुकाय प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माको संयोजनमा भएको कार्यक्रममा मानव अधिकार क्षेत्रमा कार्यरत बिभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै आयोगका सदस्य वस्तीले सवैका लागि घरघरमा मानव अधिकार, शान्ति र बिकाशको आधार नै आयोगको मुल नारा भएकाले मानव अधिकारको रक्षा, पीडितलाई न्याय एवं पीडिकलाई कारवाही गराउँनमा आयोग सचेत रहेको बताए ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७