राष्ट्रपति विदेश भ्रमणमा (फाेटाेफिचर)


२७ कार्तिक २०७४, सोमबार
biday devi bhandari president 8

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्सकाे अबुधावीतर्फ प्रस्थान गरेकी छिन् । राष्ट्रपति भण्डारी युएईको अबुधावीका युवराज तथा त्यहाँका सशस्त्र बलका नायब सर्वोच्च कमाण्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको निमन्त्रणामा साेमबार अपरान्ह त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा तथा विशिष्ट अधिकारीहरुले बिदाइ गरे । नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिको सम्मानमा २१ तोपको सलामी दिएको थियो ।
नेपाल तथा युएईले सन् १९७७ को जनवरी २२ मा कूटनीतिक सम्बन्ध स्थापना गरेका थिए ।यही कात्तिक २८ गते राष्ट्रपति भण्डारी र युवराज नेह्यानबीच औपचारिक वार्ता हुने कार्यक्रम छ । राष्ट्रपति भण्डारी यही कात्तिक ३० गते स्वदेश फर्किन्ने छिन् ।

biday devi bhandari president 2

biday devi bhandari president 3

biday devi bhandari president 4

biday devi bhandari president 5

biday devi bhandari president 6

biday devi bhandari president 7

biday devi bhandari president 8

biday devi bhandari president 9

biday devi bhandari president 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७