बाबुराम र पशुपति शमशेरले चुनाव जित्ने नेपाली कांग्रेसको दावी


२७ कार्तिक २०७४, सोमबार
Baburam Pashupati Shamsher

काठमाडौं : नेपाली कांग्रेसले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारद्धय डा. बाबुराम भट्टराई र पशुपतिशमशेर राणाले जित्ने दावी गरेको छ ।

Baburam Pashupati Shamsher

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले लोकतान्त्रिक गठबन्धनबाट उम्मदवार बनेका नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा विजयी हुने दावी गरेको हो ।

कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले दावी गरेका हुन् । उनले सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी आगामी मंसीर १० गते पहिलो चरणमा हुने निर्वाचन प्रचार अभियानमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गरिएको पनि स्पष्ट पारे ।

कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनबाट भट्टराई प्रतिनिधि सभा सदस्यका लागि गोर्खा क्षेत्र नम्बर १ बाट र राणा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७