किन आउन सकेनन् सोलुखुम्बुको तिङ्लामा उम्मेदवार ?


२७ कार्तिक २०७४, सोमबार
tinglaसोलुखुम्बुको तिङ्ला

काठमाडौं: न त यो गाउंँमा कुनै राजनीतिक दलका उम्मेदवारका पोस्टर, पम्प्लेट टाँंसिएका छन्, न उम्मेदवारहरू मत माग्नै आएका छन् । नजिकिँदै गरेको चुनावले जिल्ला नै तताइरहेका बेला सदरमुकाम सल्लेरीनजिकैको करिब ११ सय घरधुरीको बसोबास रहेको तिङ्लावासीलाई भने चुनावले छोएको छैन ।tinglaसोलुखुम्बुको तिङ्ला

बरु स्थानीय तहमा जस्तै यस पटक पनि मत हाल्न नहुने पक्षमा अधिकांश उभिएका छन् ।

तिङ्ला गाउँका तीनवटै बुथमा गत स्थानीय तहको चुनावमा एक मत पनि खसेन । गाउँंमा कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत राजनीतिक दलका कार्यकर्ता र समर्थक प्रशस्त छन्, तर उनीहरू गाउँको समस्यमा एकै ठाउंँमा छन् । भन्छन्, ‘यस पटक पनि मत हाल्ने कि नहाल्ने भन्नेबारे सामूहिक निर्णय लिएर नै अघि बढिन्छ ।’

स्थानीय तह संरचनाअघि यो एउटा गाउँ मात्रै थिएन, सिंगो गाविस थियो । तिङ्ला गाविसका ९ वटै वडा नयाँ संरचनामा नेचा सल्यान गाउँपालिकामा परेका छन् । साविकको तिङ्ला गाविस पूरै उक्त गाउँपालिकाको वडा नं ६ अन्तर्गत पर्छ ।नयाँ संरचनाको यो निर्णय यति अव्यावहारिक छ कि यो गाउँंका बासिन्दालाई गाउँपालिका कार्यालय पुग्न पैदल दुई दिन लाग्छ ।

 आधाउधी गाडी चल्ने कच्ची बाटो छ । गाडीबाटै जाँदा पनि दिन बित्छ । जबकि सदरमुकाम सल्लेरी पुग्न गाडीमा एक घण्टा पनि लाग्दैन । यही अव्यावहारिक निर्णयको विरोधमा स्थानीय एकमत छन् र विरोधस्वरूप उनीहरू मतदान बहिष्कार गर्दै आएका छन् ।यो खबर आजकोका न्तिपुरमा छ,

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७