११ रुपैयाँको काउली १४० मा बिक्री गर्दे


२७ कार्तिक २०७४, सोमबार
cauliflower

काठमाडौं: मुलुकको पूर्वी नाका काँकडभिट्टाबाट प्रतिकिलो झन्डै ११ रूपैयाँसम्म छिरेको काउली राजधानीमा १ सय ४० रुपैयाँ पुगेको फेला गरेको छ।cauliflower

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले शुक्रबार राति कालिमाटी बजारमा छापा मार्दा व्यवसायीले तरकारी प्रतिकिलो साढे ११ रुपैयाँमा खरिद गरेको फेला पार्यो । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

एनएसवी ट्रेड एन्ड सप्लायर्सले काँकडभिट्टाबाट ल्याएको काउली, भिन्डी, परवल, भेन्टा प्रतिकिलो मूल्य ११ रुपैयाँ ५० पैसाको दरले ७ हजार ५ सय किलो खरिद गरेको थियो ।

सोही दिन कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रतिकिलो काउलीको होलसेल मूल्य ७५ रुपैयाँ भिन्डी १ सय रुपैयाँ, परवल ७० र भेन्टा ६५ रुपैयाँ तोकेको थियो ।

होलसेल मूल्यमा ७५ रुपैयाँ पुग्दा खुद्रा बजारमा काउलीको मुल्य १ सय ४० रुपैयाँसम्ममा विक्रि भएको छ।

विभागले उपलब्ध गराएको विवरणअनुसार स्थानीय बजारमा व्यवसायीले प्रतिझोला २५ रूपैयाँमा काउली र २० रुपैयाँ रायो साग खरिद गदै आएका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७