वर्षमान पुनलाई लक्षित गरी गोली प्रहार


२६ कार्तिक २०७४, आईतवार
Barsaman pun बर्षामान पुन

काठमाडौं: माओवादी केन्द्रका नेता एवम् रोल्पाबाट प्रतिनिधिसभा सदस्य बनेका वर्षमान पुनलाई लक्षित गरी गोली हानिएको छ ।  शनिवार बिहान पनि नेता पुनसहित वाम गठबन्धनको टोली सवार गाडीलार्इ लक्षित गरेर एम्बुस विस्फोट गरिएको थियो ।

Barsaman pun बर्षामान पुन

चुनाव प्रचार प्रसारका क्रममा रोल्पाको दुर्इखोली गाउँपालिका वडा नं. ३ केउरी खोलास्थित जङ्गलमा पुगेको पुनको टोलीमाथि गोली प्रहार गरिएको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार राङ्सीको चुनावी सभा सकेर बाघमारा जाँदै गरेको वाम गठबन्धनको चुनावी टोलीमाथि लक्षित गरी गोली हानिएपछि प्रहरीले जवाफी फायरिङ गरेको छ ।
प्रहरीका अनुसार चुनावी टोलीलार्इ लक्षित गरी जङ्गलबाट १० राउन्ड गोली हानिएको थियो । त्यसपछि प्रहरी पाँच राउन्ड जवाफी फायरिङ गरेको छ । पुनको टोलीमाथि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले गोली हानिएको अनुमान गरिए पनि पुष्टि हुन बाँकी छ ।
पुनसँगै वाम गठबन्धनबाट एमालेका नेता गोकुल घर्ती पनि थिए । त्यसै गरी माओवादी केन्द्र नेताहरू जयपुरी घर्ती, दिपेन्द्र पुन, इश्वरी घर्तीसहितका नेता पनि टोलीमा थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७