मंसिर ९ गते एमाले-माओवादी एकता हल्ला मात्रै, चुनाव पछाडि पार्टी एकता हुन्छ : केपी ओली


२६ कार्तिक २०७४, आईतवार
oli

काठमाडौं: सञ्चार माध्यममा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अगावै पार्टी एकता हुने समाचार बाहिरिरहेको बेला एमाले अध्यक्ष केपी शर्मा ओली गलत भएको बताएका छन् ।अध्यक्ष ओलीले गृहजिल्ला झापामा आइतबार चुनवाी सभालाई सम्बोधन गर्दै पहिलो चरणको चुनाव अगावै पार्टी एकताको कुरा सत्यता नभएको बताएका हुन् ।oli

उनले एमाले र माओवादी केन्द्रबीच तत्कालै पार्टी एकताको विषयमा कुनै सहमति नभएको स्पष्ट पारेका छन् । उनले पार्टी एकताको हल्ला आफूले पनि सञ्चारमाध्यमबाट थाहा पाएको बताए ।ओलीले माओवादीसँग चुनाव अगाडी पार्टी एकता सम्भव नरहेको बताएका छन् । ‘उनले एकताको हल्ला सुनेपछि आफै चकित परेको बताए । साथीहरले पार्टी एकता ९ गते हुने रे भन्दै फोन गर्नु भो । मैले थाहा छैन के भा रहेछ भनेँ ।’ उनले भने, ‘प्रचण्डलाई फोन गरेर सोध्दा उहाँ पनि हाँस्नु भयो ।’
पार्टी एकता नहोस् भन्नेहरुले हल्ला चलाएको ओलीले आरोप लगाउँदै भने, ‘९ गतेसम्म एकीकरण भनेर हल्ला फैलाउने अनि १० गते गर्न सकेनन् भाँडियो भनेर हल्ला फैलाउने योजना हो ।’ ओलीले सहमति भए अनुसार नै चुनावपछाडी पार्टी एकताको प्रक्रिया अगाडी बढाउने बताए ।
अध्यक्ष ओलीले घुमाउरो पारामा कांग्रेसतर्फ प्रहार गर्दै आफ्नो कथा आफैँ बनाउनेले हल्ला चलाएको बताए । ‘आफ्नो कथा बनाउने, आफैँ कथा बाचन गर्ने र आफैँ सुन्ने गरी हल्ला चलाइएको छ’, ओलीले भने, ‘एकीकरण गरिन्छ भनेर हल्ला चलाएर दक्षिणपन्थीहरुले फाइदा लिन खोजेका छन् ।’ओलीले एकता हुनेमा शंका नरहेको बताउँदै तर त्यो प्रक्रिया निर्वाचनपछि मात्रै अघि बढ्ने प्रष्टोक्ति दिए ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७