अर्जेन्टिनासँग रुस पराजित


२६ कार्तिक २०७४, आईतवार
2919577 big lnd

मस्को: (एजेन्सी) विश्व कपको तयारीमा आयोजक रुससँगको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले १-० को जित हासिल गरेको छ ।2919577 big lnd

सर्जियो अगुएरोको अन्तिम समय तिरको गोल निर्णायक रह्यो । खेलमा पहिलो हाफ देखि नियन्त्रण लिएको भ्रमणकारी टोली अर्जेन्टिनाले गोल गर्न भने सकेन । पहिलो हाफमा मेस्सीको पासमा डि मारियाले अर्जेन्टिनालाई अग्रता दिलाउने प्रयास गरेपनि घरेलु टोलीका किपर इगोर अकिनिफले उत्कृष्ट बचाउ गर्दै रुसलाई खेलमा जीवित राखे ।

दोस्रो हाफमा मेस्सीले गोलकिपर अकिनिफलाई चिप गरेपनि रुसका डिफेन्डर कोन्सटानटीन रौस्चले गोललाई बाट क्लियर गरे ।बराबरी तर्फ लम्किदै गरेको खेलमा ८६ औं मिनेटमा अगुएरोले गोल गर्दै अर्जेन्टिनालाई निर्णायक गोल दिलाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७