सामुहिक चिहानमा ४ सय शव भेटियो


२६ कार्तिक २०७४, आईतवार
irak 400shab

बीबीसी: बगदाद इराकी शहर हबिजा नजिकै ४ सय जनाको सामुहिक चिहान फेला परेको छ । सन् २०१३ देखि इस्लामिक स्टेट (आईएस) लडाकुको नियन्त्रणमा रहेको हबिजा शहर गत महिना इराकी सेनाले फिर्ता गराएको थियो ।irak 400shab

किर्कुक शहरका गभर्नर रकान सइदले बीबीसीलाई भनेका छन्, ‘शहरको बाहिर हवाइ आधार क्षेत्रमा सामुहिक चिहान फेला परेको हो । हबिजा मानिस मार्ने ठाउँ बनेको रहेछ ।’प्रत्यक्षदर्शी एक स्थानीयबासीले देखाइदिएपछि इराकी सेनाले सामुहिक चिहान फेला पारेको समाचारमा उल्लेख छ ।

सामुहिक चिहानमा केही शव सर्वसाधारणको सामान्य कपडा लगाएको अवस्थामा र केही शव आईएसले मृत्युदण्ड दिँदा लगाइदिने कपडा ९जम्पसुट०मा छन् ।

इराकी सेनाले आईएस लडाकु नियन्त्रित क्षेत्रमा दर्जनौं सामूहिक चिहान फेला पारिसकेको छ ।गत वर्ष एसोसियटेड प्रेस (एपी) ले गरेको सर्भेमा ७२ वटा सामुहिक चिहान फेला परेको थियो । ती चिहानभित्र ५ हजार २ सयदेखि १५ हजार वटासम्म शव हुनसक्ने अनुमान गरिएको थियो ।

इराकी सेनाले हाल रावा शहरमा कारबाही केन्द्रित गरेको छ । रावा आईएस लडाकुले कब्जा गरेको अन्तिम इराकी शहर हो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७