‘कार्टुन्ज क्रु’को नयाँ गीत एकै दिनमा ट्रेडिङ-३ मा
काठमाडौं : ‘कार्टुन्ज क्रु’ले शुक्रबार बेलुका सार्वजनिक गरेको नयाँ गीतको म्युजिक भिडियो एकै दिनमा युटुयुबको ट्रेडिङ–३ मा पुगेको छ । आर्कषक कथावस्तु बनाएर प्रस्तुत गर्ने क्रूकाे ‘दिलको भित्तैमा’ बोलको गीत बिहीबार बेलुका युटुब मार्फत सार्वजनिक भएको थियो ।
अल्मोडा राना उप्रेती, यन्जिला रेग्मी र नवीन रावल गाएको गीत मिलन विष्टले लेखेका हुन् । भने अल्मोडा राना उप्रेतीले नै गीतको एरेन्ज गरेका छन् ।
यसैगरी क्रुको सरोज अधिकारीको निर्देशनमा निर्माण भएको भिडियोमा सरोज र आश्मा विश्वकर्माको कोरियोग्राफी रहेको छ । सुमुहका सदस्य सरोज र रिमाका साथै लाक्पा लामा, राम घले, सुबिन अधिकारी तथा विकास राईको फिचरिङ गरेका छन् ।
भिडियाे