वर्षमान पुन चढेको गाडीमा माइन बिस्फोट


२५ कार्तिक २०७४, शनिबार
Barsaman pun बर्षामान पुन

रोल्पा: रोल्पा जिल्लाको माडीगाउँपालिका-१ स्थिति भिट्टाबाङ भन्ने ठाउँमा माओवादी नेता वर्षमान पुन चढेको गाडीमा माइन बिस्फोट भएको छ ।Barsaman pun बर्षामान पुन

विस्फोटका कारण गाडीमा समान्य क्षति पुगेको छ । विस्फोट लगत्तै बाटो छेउमा लुकेर बसेका विप्लवका कार्याकर्ताले वाम गठबन्धनका उम्मेवारलाई लक्षित गरी फायरिङ गरेका थिए । उम्मदेवारको सुरक्षामा स्कटिङमा रहेको टोलीले जवाफी फायरिङ गरेपछि आक्रमणकारी भागेको स्रोतले बताए ।

विस्फोट भएपनि पुनलगायतका कार्यकर्ता सबै सुरक्षित रहेका छन् ।  गाडीमा भने सामान्य क्षति पुगेको बताइएको छ । पुनले वाम गठबन्धनका उम्मदेवारहरुको हत्या गर्ने उद्देश्यले शक्तिशाली माइन विस्फोट गराइए पनि गाडीमा मात्रै सामान्य क्षति भएको र आफूहरु सकुशल रहेको बताए । बिस्फोट लगत्तै विप्लप समूहका कार्यकर्ताले वामगठबन्धनका नेतालाई लक्षित गरी फायरिङ गरे पनि उम्मेदवारको सुरक्षामा रहेका सुरक्षाकर्मीले जवाफी फायरिङ खोलेपछि थप दुर्घटना हुनबाट बचेको एमाले नेता गोकुल घर्तीले बताए ।

 शुक्रबार मात्रै रुकुममा पनि माओवादी उम्मदेवार जनार्दन शर्मालाई लक्षित गरेर विप्लवका कार्यकर्ताले बम प्रहार गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७